२०८२, १३ फाल्गुन बुधबार

प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप


काठमाडौं । प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ ।क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको थियो । यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ समयपछि हुने जनाइएको थियो ।

तर मागबमोजिम आवेदन नपरेकाले अब यो योजनामा असार ६ गतेसम्म आवेदन दिन सकिने भएको छ । यसबीचमा मागभन्दा बढी आवेदन पर्न गएमा असार ६ गते अघिनै बिक्री बन्द गरिने प्रभु क्यापिटलले जनाएको छ ।   

लगानीकर्ताले न्यूनतम १ सय कित्ता र अधिकतममा ३१ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको यो स्किम खुलामुखी प्रकृतिको स्किम हो ।

प्रकाशित मिति : २०८२, २७ जेष्ठ मंगलबार  ९ : ३३ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको