२०८२, २३ पुस बुधबार

सिटिइभिटीको शिक्षा प्रणालीलाई स्तरोन्नती गर्न अत्ति आवश्यक छ : पोखरेल

सिटिइभिटीको शिक्षा प्रणालीलाई स्तरोन्नती गर्न अत्ति आवश्यक छ : पोखरेल


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को शिक्षा प्रणालीलाई स्तरोन्नती गर्नुपर्ने बताएका छन् ।

मंगलबार नेकपा (एमाले)को केन्द्रीय विज्ञान तथा प्रविधि विभागको आयोजनामा आर्थिक बर्ष ०८२/०८३ को बजेटमा विज्ञान प्रविधि र नवप्रवर्तन विषयक अन्तरक्रियामा बोल्दै उनले अर्धप्राविधिक जनशक्तिका रुपमा नेपालको श्रम बजारमा भारतीय युवाहरु मात्र रहेको भन्दै सिटिइभिटीको शिक्षालाई स्तरोन्नती गर्र्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालको श्रम बजारमा सबैभन्दा धेरै भारतीय युवाहरु आएर अर्धप्राविधिक जनशक्तिका रुपमा सबै क्षेत्रमा काम गरिरहेका छन् । उनीहरुले प्राप्त गरेको रेमिट्यान्सले हाम्रो ठुलो संख्यामा युवाहरु गएर प्राप्त गरेको रेमिट्यान्सको ठुलो हिस्सा भारत लिएर जान्छन् । यस अर्थमा हाम्रो सिटिइभिटीको शिक्षालाई आवश्यकता पुरा गर्नेगरी स्तरोन्नती गर्न सक्नुपर्दछ । प्रमाण पत्र दिएका छौं, सीप दिन सकेका छैनौै ।’

उनले यस पटकको नीति तथा कार्यक्रमले शिक्षा प्रणालीलाई रोजगारीसँग जोड्न खोजेको पनि बताए । यसैगरी उनले सूचना प्रविधिको क्षेत्रमा काम गर्नेहरुको लागि नीतिले धेरै फराकिलो आधार बनाएको पनि बताए ।

प्रकाशित मिति : २०८२, २० जेष्ठ मंगलबार  ८ : ४० बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय