२०८३, १३ असार आईतबार

नेपालको समृद्धिका लागि भारत र चीनको सहयोग आवश्यक : ईश्वर पोखरेल

नेपालको समृद्धिका लागि भारत र चीनको सहयोग आवश्यक : ईश्वर पोखरेल


जनकपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको समृद्धि र विकासका लागि भारत र चीनजस्ता छिमेकी मित्र राष्ट्रहरूको साथ र सहयोग अत्यावश्यक रहेको बताएका छन् ।

चीन सरकारअन्तर्गतको चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्ट नेपाल कार्यालयद्वारा जनकपुरधामस्थित प्रसिद्ध सरस्वती नमूना माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रममा सोमबार बोल्दै पोखरेलले नेपालको ग्रामीण क्षेत्रको शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा उक्त संस्थाले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । ‘नेपालको आर्थिक विकासमा चीन सरकारको उल्लेखनीय योगदान छ,’ पोखरेलले भने, ‘हामीले भारत र चीन दुवैसँग मित्रवत् सम्बन्ध कायम राख्न चाहेका छौँ । छिमेकी राष्ट्र परिवर्तन गर्न नसकिने भएकाले समानान्तर र सन्तुलित सम्बन्ध आवश्यक छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले विशाल जनसंख्या र ठूलो अर्थतन्त्र भएका दुवै मुलुकको साथ र सहकार्यबाट मात्र नेपाल समृद्ध बन्न सक्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेकपा एमालेकी नेतृ तथा प्रतिनिधिसभा सदस्य जुली कुमारी महतोले चीन सरकारले नेपालको भौतिक पूर्वाधार निर्माणमा पुर्याएको योगदानको प्रशंसा गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा थप लगानी आवश्यक रहेको बताइन् । विद्यालयका प्रधानाध्यापक नागेश्वर साहले शैक्षिक सामग्रीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूतावासका वाणिज्य काउन्सिलर सीईयू, चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्ट नेपालका कन्ट्री डाइरेक्टर झाओ स्याङ, र राजदूतावासका राजनीतिक तथा प्रेस मामिला निर्देशक यु पेङचेङ सहभागी थिए ।

त्यसैगरी, जनकपुरधामस्थित प्रादेशिक अस्पतालको प्रसूति गृहलाई आरामदायी बर्थिङ्ग अभियान अन्तर्गत आवश्यक सामग्रीहरू अस्पतालका निर्देशक डा। जामुन प्रसाद सिंहलाई हस्तान्तरण गरिएको छ।

प्रकाशित मिति : २०८२, २० जेष्ठ मंगलबार  ८ : २९ बजे

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,