२०८२, २ फाल्गुन शनिबार

मन्त्री दाहाल भन्छन् : ‘अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ’

मन्त्री दाहाल भन्छन् : ‘अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ’


काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालले आकस्मिक समयमा काम गर्न सक्ने कानुन भएपनि अख्तियारले पत्र काटेर दुःख दिंदा समस्या भएको बताएका छन् ।

मंगलबार बसेको पूर्वधार विकास समितिको बैठकमा उनले खराव नियत भएका मान्छेहरुका कारण काम गर्दा प्रश्न उठ्ने गरेको बताएका हुन् । उनले भने, ‘सार्वजनिक खरिदमा समस्या पारेको छ । कानून नभएको होइन् । कानूनमा स्पष्ट उल्लेख छ, आकस्मिक समयमा पनि काम गर्न सकिन्छ । सात दिनमा सूचना दिएर पनि काम गर्न सकिन्छ । तर यस्ता कामहरु गर्दा अख्तियारले पत्र काटेर दुःख दिने काम गरिरहेको छ ।’

उनले अगाडि प्रष्ट पार्दै भने,‘यसमा दुईवटा कुरा छन् । एउटा भनेको नियत नै खराव हुन्छ, अर्को भनेको नियत सफा भएर कामहरु गर्दापनि प्रश्नहरु उठाउने गरिन्छ । यस्ताखालका समस्याहरुले काम गर्न समस्या भइरहेको छ ।’

अलपत्र परेका पूर्वाधारका बारेमा बोल्दै उनले जुन सरकार आए पनि योजना बनाई बजेट माग गरी अर्काे सालमा छाड्ने प्रवृति भएको बताए । उनले नयाँलाई प्रस्ताव नगरी अघिल्लो योजनालाई सम्पन्न गर्नुपर्ने बताए ।

यसैगरी बैठकमा बोल्दै शहरी विकासमन्त्री प्रकाशमान सिंहले बाढी पहिरो आउने सम्भावना भएका ठाउँमा झोलुङ्गे पुल निर्माणको कार्य अगाडि बढाइने बताए । गत वर्षको बाढीको क्षतिबाट पाठ सिक्दै समयमा नै नदी वा खोलाहरुलाई व्यवस्थित गर्नुपर्ने उनको धारणा छ ।

प्रकाशित मिति : २०८२, २० जेष्ठ मंगलबार  १ : ३० बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड