२०८२, ३१ जेष्ठ शनिबार

मन्त्री दाहाल भन्छन् : ‘अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ’

मन्त्री दाहाल भन्छन् : ‘अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ’


काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालले आकस्मिक समयमा काम गर्न सक्ने कानुन भएपनि अख्तियारले पत्र काटेर दुःख दिंदा समस्या भएको बताएका छन् ।

मंगलबार बसेको पूर्वधार विकास समितिको बैठकमा उनले खराव नियत भएका मान्छेहरुका कारण काम गर्दा प्रश्न उठ्ने गरेको बताएका हुन् । उनले भने, ‘सार्वजनिक खरिदमा समस्या पारेको छ । कानून नभएको होइन् । कानूनमा स्पष्ट उल्लेख छ, आकस्मिक समयमा पनि काम गर्न सकिन्छ । सात दिनमा सूचना दिएर पनि काम गर्न सकिन्छ । तर यस्ता कामहरु गर्दा अख्तियारले पत्र काटेर दुःख दिने काम गरिरहेको छ ।’

उनले अगाडि प्रष्ट पार्दै भने,‘यसमा दुईवटा कुरा छन् । एउटा भनेको नियत नै खराव हुन्छ, अर्को भनेको नियत सफा भएर कामहरु गर्दापनि प्रश्नहरु उठाउने गरिन्छ । यस्ताखालका समस्याहरुले काम गर्न समस्या भइरहेको छ ।’

अलपत्र परेका पूर्वाधारका बारेमा बोल्दै उनले जुन सरकार आए पनि योजना बनाई बजेट माग गरी अर्काे सालमा छाड्ने प्रवृति भएको बताए । उनले नयाँलाई प्रस्ताव नगरी अघिल्लो योजनालाई सम्पन्न गर्नुपर्ने बताए ।

यसैगरी बैठकमा बोल्दै शहरी विकासमन्त्री प्रकाशमान सिंहले बाढी पहिरो आउने सम्भावना भएका ठाउँमा झोलुङ्गे पुल निर्माणको कार्य अगाडि बढाइने बताए । गत वर्षको बाढीको क्षतिबाट पाठ सिक्दै समयमा नै नदी वा खोलाहरुलाई व्यवस्थित गर्नुपर्ने उनको धारणा छ ।

प्रकाशित मिति : २०८२, २० जेष्ठ मंगलबार  १ : ३० बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।