२०८२, २८ चैत्र आईतबार

कुकुरले मुखमा च्यापेर ल्याउँदै गरेको बस्तु नवजात शिशु रहेको पुष्टि

कुकुरले मुखमा च्यापेर ल्याउँदै गरेको बस्तु नवजात शिशु रहेको पुष्टि


मुगु । जुम्ला जिल्लाको हिम गाउँपालिका–१ आचार्यलिही गाउँमा साल नालसहितको एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

स्थानीय नन्दलाल आचार्यका अनुसार सोमबार साँझ करिब ६ बजे आचार्यलिही गाउँदेखि करिब सय मिटर टाढा रहेको जर्या खोलाबाट एक कुकुरले मृत शिशुलाई मुखमा च्यापेर खेत हुँदै गाउँतिर ल्याउँदै गरेको देखिएको थियो ।

कुकुरको मुखबाट शिशुलाई छुटाएर भगाएपछि तत्काल प्रहरीलाई खबर गरिएको हो । इलाका प्रहरी चौकी नराकोटका बरिष्ठ हलदार दीपक गुरुङका अनुसार घटनास्थल नराकोटको कार्यक्षेत्रमा नपरे पनि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा बड्की प्रहरी चौकीबाट टोली परिचालन गरिएको हो ।

प्रहरी टोली घटनास्थलमा पुगेपछि शिशु सालनालसहितको अवस्थामा फेला परेको थियो । पाँच महिनाको जस्तो देखिने शिशुको शवलाई राति करिब १० बजे प्रहरी चौकी नराकोटमा ल्याइएको गुरुङले बताए ।

शवलाई मङ्गलबार बिहान पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । हिमा गाउँपालिका–१ का वडाध्यक्ष रतन शाहीका अनुसार कसैले शिशुलाई जन्म दिएपछि खोलामा फालेको हुन सक्ने आशङ्का गरिएको छ । शिशु फाल्ने व्यक्तिको पहिचान हुन नसकेको उनको भनाइ छ ।

दानबहादुर बुढा

प्रकाशित मिति : २०८२, २० जेष्ठ मंगलबार  १ : ०२ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४