२०८३, ११ कार्तिक बुधबार

साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह

साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह


काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले साइकलको महत्व र प्रयोगलाई बढाउन आवश्यक रहेको बताएका छन् ।

विश्व साइकल दिवसको उपलक्ष्यमा स्वच्छ हावा र सडक अधिकारको लागि साइकल र्याली कार्यक्रममा बोल्दै उनले मोटरसाईकल र  गाडिहरुको यात्रा गर्दा धुँवा–धुलोले वातावरणलाई दुषित गरिरहेकाले साइकल यात्रा हरेक कुरामा फाइदाजनक भएको बताएका हुन् ।

‘साइकलको महत्वलाई हामी सबैले बुझ्न जरुरी छ । यो र्याली वर्षको एकचोटि मात्रै गरेर हुँदैन । अनवरतरुपमा लागिरहनुपर्छ । साइकलको महत्व र प्रयोगलाई बढाउन आवश्यक छ । साइकल यात्रा गर्दा हरेक कुरामा फाइदा छ । मोटरसाइकल र  गाडिहरुको यात्रा गर्दा धुवाँ धुलोले वातावरणलाई चाँही दुषित गरिरहेको छ ।’

साथै उनले साइकल लेन हुनुपर्छ भन्ने यात्रुहरुको गुनासोलाई सहरी विकास मन्त्रालयले ध्यान दिने पनि बताए । उनले यस्ता साइकल र्यालीहरुले स्थानीय बासिन्दाहरुको लागि सचेतना फैलाउने एउटा माध्यम समेत हुने गरेको बताए ।

उनले भने, ‘साइकल लेन हुनुपर्छ भन्ने धेरै यात्रीहरुको गुनासो छ । त्यसलाई सहरी विकास मन्त्रालयले ध्यान दिने छ  । काठमाडौं उपत्यकामा धेरै धुवाँ धुलोले गर्दा फोक्सोको रोगीहरु बढिरहेका छन् । यसरी रोकथाम गर्नको लागि जुन र्यालीको अभियान चलाउनुभयो यो अभियानले स्थानीय बासिन्दाहरुको लागि सचेतना फैलाउने एउटा माध्यम पनि हो ।’

प्रकाशित मिति : २०८२, १७ जेष्ठ शनिबार  ६ : ०७ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता