२०८२, ४ कार्तिक सोमबार

सरकारले ल्याएको बजेट कर्णप्रिय लाग्छ, कार्यान्वयन पक्ष कमजोर छ : डा.कोइराला

सरकारले ल्याएको बजेट कर्णप्रिय लाग्छ, कार्यान्वयन पक्ष कमजोर छ : डा.कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका छन् ।


शुक्रबार बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारमा भएपनि सत्तामा नभएका सबै कार्यकर्ताले नराम्रो कामको विरोध जनाउनुपर्ने बताए । उनले भने,‘कांग्रेस सरकारमा छ भनेर हामीले नबोल्ने होइन । हामी सरकारमा छौं तर सत्तामा छैनौं । राज्यको सत्ता बेग्लै कुरा हुन्छ । सरकार बेग्लै कुरा हुन्छ । मन्त्रीहरूले सहकार्य गरुन् तर हामी जो बाहिर बसेकाहरूले असललाई असल र खराबलाई खराब भनौँ ।’ त्यस्तै उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको धारणा राखे ।
उनले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताए । गलतलाई गलत भन्नै नसक्ने हो भने बीपीका अनुयायी र कांग्रेसका कार्यकर्ता हुन नसक्ने उनको भनाइ छ ।


उनले भने,‘हिजो बजेट आयो सुन्दा कर्णप्रिय छ, सोचेकै जस्तो लाग्छ । तर नेपालको इतिहास हेर्ने हो भने कार्यान्वयन पक्ष चाँही अत्यन्तै कमजोर छ । राम्रो कामलाई राम्रो भन्नुपर्छ । तर गलत गरेको छ भने गलत भन्नैपर्छ । भन्न नसक्ने हो भने हामी बीपीका अनुयायी हुँदैनौं । हामी कांग्रेसका कार्यकर्ता हुँदैनौं । म यहाँ कसैको आलोचना गर्न आएको होइन, तर अत्यन्तै पीडा भएर बोल्दैछु ।’ नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको भन्दै उनले वर्तमान अवस्थाबाट निराश बनेको बताए ।

प्रकाशित मिति : २०८२, १७ जेष्ठ शुक्रबार  ८ : ३५ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,