२०८३, २१ आश्विन बिहीबार

समयलाई गाइड र निर्देश गर्नसक्ने मिडिया काउन्सिल चाहिएको छ : मन्त्री पन्त

समयलाई गाइड र निर्देश गर्नसक्ने मिडिया काउन्सिल चाहिएको छ : मन्त्री पन्त


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो पत्रकारिताले राम्रो पत्रकारहरु जन्माउने बताएका छन् ।प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको ‘नेपाली मिडियाको इतिहासः छापादेखि डिजिटलसम्म’ पुस्तकको लोकार्पण गर्दैै उनले काउन्सिलले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने सुझाव दिए ।

उनले कुनैबेला पत्रकारितामा सम्पादकहरुको कमाण्ड भए पनि अहिले त्यो समय नरहेको बताए । उनले भने, ‘राम्रो पत्रकारिताले राम्रो पत्रकारहरु जन्माउँछ । आजको युग सम्पादकको युग छैन । कर्पोरेटको युग छ । कुनैबेला पत्रकारितामा सम्पादकहरुको कमाण्ड थियो । तर आज सम्पादकहरुको कमाण्ड छैन । तर सम्पादक र मिडिया मालिकहरु पनि निर्णायक भएका छैनन् । अहिले मिडियाको स्वरुप परिवर्तन भएको छ । कन्टेनलाई प्रस्तुत गर्ने क्षमता छ भने त्यो मान्छे बिना टे«निङ पत्रकार बन्न सक्छ ।’ 

साथै उनले प्रेस काउन्सिललाई बलियो र प्रभावशाली बनाउनुपर्ने सुझाव दिए । उनले  आजको समयलाई गाइड गर्न सक्ने र निर्देश गर्न सक्ने मिडिया काउन्सिल सबैलाई चाहिएको बताए । उनले भने, ‘प्रेस काउन्सिलले चाहिने भन्दा पनि नचाहिने काम बढी गर्छ । नचाहिने काम यसले पत्रकारहरुको वर्गीकरण गर्छ । काउन्सिलको कार्यक्षेत्रभित्र नपर्ने विषय हो । काउन्सिल बलियो चाहिन्छ र प्रभावशाली बनाउनुपर्ने देखिन्छ । चाहिएको शक्तिशाली काउन्सिल हो । आजको समयलाई गाइड गर्न सक्ने, निर्देश गर्न सक्ने मिडिया काउन्सिल चाहिन्छ ।’    

प्रकाशित मिति : २०८२, १६ जेष्ठ शुक्रबार  ८ : २९ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १