२०८२, २ भाद्र मंगलबार

समयलाई गाइड र निर्देश गर्नसक्ने मिडिया काउन्सिल चाहिएको छ : मन्त्री पन्त

समयलाई गाइड र निर्देश गर्नसक्ने मिडिया काउन्सिल चाहिएको छ : मन्त्री पन्त


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो पत्रकारिताले राम्रो पत्रकारहरु जन्माउने बताएका छन् ।प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको ‘नेपाली मिडियाको इतिहासः छापादेखि डिजिटलसम्म’ पुस्तकको लोकार्पण गर्दैै उनले काउन्सिलले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने सुझाव दिए ।

उनले कुनैबेला पत्रकारितामा सम्पादकहरुको कमाण्ड भए पनि अहिले त्यो समय नरहेको बताए । उनले भने, ‘राम्रो पत्रकारिताले राम्रो पत्रकारहरु जन्माउँछ । आजको युग सम्पादकको युग छैन । कर्पोरेटको युग छ । कुनैबेला पत्रकारितामा सम्पादकहरुको कमाण्ड थियो । तर आज सम्पादकहरुको कमाण्ड छैन । तर सम्पादक र मिडिया मालिकहरु पनि निर्णायक भएका छैनन् । अहिले मिडियाको स्वरुप परिवर्तन भएको छ । कन्टेनलाई प्रस्तुत गर्ने क्षमता छ भने त्यो मान्छे बिना टे«निङ पत्रकार बन्न सक्छ ।’ 

साथै उनले प्रेस काउन्सिललाई बलियो र प्रभावशाली बनाउनुपर्ने सुझाव दिए । उनले  आजको समयलाई गाइड गर्न सक्ने र निर्देश गर्न सक्ने मिडिया काउन्सिल सबैलाई चाहिएको बताए । उनले भने, ‘प्रेस काउन्सिलले चाहिने भन्दा पनि नचाहिने काम बढी गर्छ । नचाहिने काम यसले पत्रकारहरुको वर्गीकरण गर्छ । काउन्सिलको कार्यक्षेत्रभित्र नपर्ने विषय हो । काउन्सिल बलियो चाहिन्छ र प्रभावशाली बनाउनुपर्ने देखिन्छ । चाहिएको शक्तिशाली काउन्सिल हो । आजको समयलाई गाइड गर्न सक्ने, निर्देश गर्न सक्ने मिडिया काउन्सिल चाहिन्छ ।’    

प्रकाशित मिति : २०८२, १६ जेष्ठ शुक्रबार  ८ : २९ बजे

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर

ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग ट्रम्पको वार्ता

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

जय हनुमान : शक्ति र सेवाको प्रतीक

भगवान हनुमान हिन्दू धर्मका एक महान देवता हुन्, जो भक्ति,

देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले देशभर

पाँचखालमा जनमत कुल्चिँदै महेश खरेल ! जनताको होइन, ठेकेदारको मेयर !

पाँचखाल । पाँचखाल नगरपालिका वडा नं. ८ मा स्थानीयको कडा