२०८३, २१ आश्विन बिहीबार

‘गणतन्त्रात्मक शासन प्रणालीको विकास मार्फत मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ’ : सभापति देउवा

‘गणतन्त्रात्मक शासन प्रणालीको विकास मार्फत मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ’ : सभापति देउवा

देशको समुन्नत, सभ्य र समृद्ध नेपाल गणतन्त्रको आधार हो


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकास मार्फत मात्र देशको समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् ।

बिहीबार गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले नेपाली जनताको बलिदानबाट प्राप्ते ऐतिहासिक उपलब्धीको रक्षा गर्नु सबैको साझा जिम्मेवारी रहेको धारणा राखे ।

उनले भने,‘संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकास मार्फत मात्र हामीले समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सक्नेछौं । नेपाली जनताको बलिदानबाट प्राप्त यो ऐतिहासिक उपलब्धीको रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो । समावेशी लोकतन्त्र, सामाजिक न्याय, समता र समृद्धिको मार्गमा अग्रसर हुँदै यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

त्यस्तै उनले वि.सं. २०६५ सालको जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट राजतन्त्रको औपचारिक अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको स्मरण गरे । सोही ऐतिहासिक दिनलाई प्रत्येक वर्ष ‘गणतन्त्र दिवस’ को रुपमा गौरवका साथ मनाउँदै आएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८२, १५ जेष्ठ बिहीबार  ९ : २३ बजे

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य

ग्लोबल आइएमई बैंकको एसीईओमा बुद्धि अकेला बढुवा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुद्धि अकेलालाई सहायक प्रमुख

नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको १