२०८२, २० कार्तिक बुधबार

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति रहेको बताएका छन् ।

बिहिबार गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले गणतन्त्रको शत्रु बेथिति रहेको भन्दै यसले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा नहुँने बताएका हुन् ।

उनको शुभकामना सन्देशमा भनिएको छ, ‘जगजाहेर छ, आज गणतन्त्रको सबैभन्दा ठूलो शत्रु अरू कोही होइन– ढिलासुस्ती, अनियमितता र बेथिति हुन् । यिनै बेथितिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ । जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन ।’

राष्ट्रपति पौडेलले अव राजनीतिक दल, हाम्रा सरकार, हाम्रा नेतृत्व सिर्जनशील र जनउत्तरदायी हुनैपर्ने र राज्यका अंगहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्ने बताएका छन् ।

उनको शुभकामना पत्रमा लेखिएको छ, ‘हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्दछ । हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सिर्जनशील र जनउत्तरदायी हुनैपर्दछ । शासकीय संरचना र राज्यका अंगहरूलाई गतिशील र परिणाममुखी बनाउनैपर्दछ। हामीले सुशासनको प्रत्याभूति दिनैपर्दछ ।’

राष्ट्रपति पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न सकेमात्र गणतन्त्र सफल, सबल र परिणाममुखी हुँदै जाने बताए ।

प्रकाशित मिति : २०८२, १६ जेष्ठ बिहीबार  ९ : १८ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज