२०८३, १३ असार आईतबार

सिन्धुलीमा एक नम्बरको संगठन बनाउने अनेमसंघ नब निर्वाचित पदाधिकारीको उद्घोष

सिन्धुलीमा एक नम्बरको संगठन बनाउने अनेमसंघ नब निर्वाचित पदाधिकारीको उद्घोष


सिन्धुलीः एमाले सम्बद्ध अखिल नेपाल महिला संघ सिन्धुलीका नब निर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।
अनेमसंघको छैठौं जिल्ला सम्मेलन निर्वाचन कमिटीद्धारा आयोजित सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको प्रमुख बबिन्द्रलाल माझीले जानकारी दिए । अनेमसंघकी स्थायी समिति सदस्य मिथिला फुयाँलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सपथ ग्रहण कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उमा कोइराला, निरु दर्लामी, सल्लाहकार परिषद सदस्य रामकुमार पौडेल, एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्द लाल माझी, रश्मिला देवकोटा, अनेमसंघकी केन्द्रीय सदस्य अप्सरा खड्का, नेता गंगा कार्कीलगायत जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा अनेमसंघकी पूर्व अध्यक्ष पार्वती भट्टराईले निर्वाचित कमिटीलाई बधाई दिंदै पदभार हस्तातरण गरेकी थिइन् ।
महिलाहरुको ठूलो उपस्थितिका बीच भएको शपथ ग्रहण कार्यक्रमले नयाँ कमिटीलाई काम गर्ने उर्जा मिलेको नव निर्वाचित अध्यक्ष शान्ता पाख्रिनले बताइन् । उनले संगठनलाई जिल्लामा एक नम्बरको महिला संगठनको रुपमा स्थापित गराउने उद्घोष पनि गरिन् । बैठकपछि एक प्रेस विज्ञप्ती जारीगर्दै अनेमसंघ सिन्धुलीले छैठौं जिल्ला सम्मेलन सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण नेतृत्वप्रति आभार प्रकट गरेको छ ।


“समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताका लागि सशक्त सङ्गठन” भन्ने नाराका साथ छैठौं अधिवेशन अत्यन्त सौहार्दपूर्ण रुपमा सम्पन्न गराउन भूमिका निर्वाह गर्नुुहुने अनेमसंघकी केन्द्रीय अध्यक्ष, पार्टी केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, अध्यक्ष मण्डल, निर्वाचन मण्डल, पालिकाबाट आउनुहुने प्रतिनिधीहरु, अधिवेशनको व्यवस्थापनमा खट्नुहुने निवर्तमान अनेसमंघका जिल्ला कमिटी, सञ्चारकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्ण प्रिय कमरेडहरुमा हार्दिक आभार प्रकट गर्दछु । अध्यक्ष पाख्रिनद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा नेपालको लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलनमा नेपाली महिलाहरुको ठूलो योगदान गरेको अनेमसंघको गौरवमय इतिहासको आलोकमा सर्वसम्मत रुपमा निर्वाचित गरेका अध्यक्षलगायत पदाधिकारी र सदस्य कमरेडहरुलाई आज पद तथा गोपनियताको सपथ निर्वाचन समितिले गराएको उल्लेख छ ।
बर्बतापूर्ण पञ्चायती सामन्तवादी पितृसत्तात्मक शासनका विरुद्ध आमजनतालाई सचेत गराउने र परिवर्तनको आन्दोलनमा होमिने विषय होस वा महिला अधिकार र जनजीविकाका सवालमा अनेमसंघले शसक्त आवाज उठाउँदै आएको छ । जसले गर्दा नीतिगत तहमा एकतिहाई महिला सहभागिता सुनिश्चित भएको जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा अनेमसंघले राज्यको प्रमुख पदहरुमा पनि महिला नेतृत्व स्थापित गर्ने, समाजवाद उन्मुख संविधानको कार्यान्वयनमा जोड दिंदै नेपालमा भएका विभिन्न आन्दोलनहरुबाट थुप्रै उपलब्धीहरु प्राप्त भएको भएता पनि अझै समाजमा व्याप्त सामन्तवादी सामाजिक सांस्कृतिक अवशेषहरुले महिला समानता, समतामुलक समाज निमार्ण, महिला हिंसा, कुप्रथा, हत्या हिंसा, अपहरण, बलत्कार, जस्ता अराजकताका विरुद्धमा लडिरहेको बताइएको छ ।


अध्यक्ष पाख्रिनले राजनीतिक परिवर्तनका साथसाथै सामाजिक, आर्थिक, सांस्कृतिक परिवर्तनमा महिलाहरुको भूमिका सुनिश्चित गर्नका लागि क्रियाशिलतामा प्रतिवद्ध रहेको प्रष्ट पारेकी छन् ।
हामी “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय लक्ष्य प्राप्तिको अभियान सवै नागरिकको समान हैसियतका आधारमा हुने सहभागितामा मात्र सफल हुने कुरामा विश्वास राख्दछौं । साथै सो लक्ष्य पुरा गराउन, संगठनलाई विधिसम्म तरिकाले सञ्चालन गर्न, कमिटीगत प्रणालीलाई बलियो बनाउँदै सिन्धुलीमा एक नम्बरको महिला संगठनका रुपमा स्थापित गराउन नव निर्वाचित कमिटी प्रतिवद्ध रहेको स्मरण गराउन चाहान्छौं बिज्ञप्तीमा अगाडि लेखिएको छ ।

प्रकाशित मिति : २०८२, १० जेष्ठ शनिबार  ८ : ४२ बजे

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण

आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

रूपन्देही । प्युठानको स्वर्गद्वारी नगरपालिका का उपप्रमुख मिनराज रानामगरको सवारी

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,