२०८२, १८ भाद्र बुधबार

चलचित्र ‘झिल्को’ सिन्धुलीमा प्रदर्शन

चलचित्र ‘झिल्को’ सिन्धुलीमा प्रदर्शन


सिन्धुली : पछिल्लो समय डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरलाई समेटेर तयार पारिएको नेपाली चलचित्र ‘झिल्को’ सोमवार साँझ सिन्धुलीमा प्रदर्शनमा आएको छ ।
कमलामाई पार्टी प्यालेसको हलमा प्रिमियर शो मार्फत प्रदर्शनमा आएको झिल्कोले उठाएको विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै ‘झिल्को’ हरेक व्यक्तिको लागि यो चलचित्र अहिलेको पुस्ताका लागि एउटा महत्वपूर्ण सिकाई रहेको कमलामाई नगरपालिकाका निवर्तमान नगरप्रमुख खड्गवहादुर खत्रीले बताए ।
“हरेक अभिभावकले आफ्‌ना बालबालिकासहित यो चलचित्र हेर्नुपर्ने रहेछ, गाउँपालिका, नगरपालिका तथा अन्य सरकारहरूले यो चलचित्रलाई विशेष चलचित्रको रूपमा सबैलाई देखाउने अभियान चाल्नुपर्छ” निवर्तमान नगरप्रमुख खत्रीको भनाई थियो ।
प्रिमियर कार्यक्रममा पत्रकार, राजनैतिक दलका नेता, विद्यार्थी संगठनका नेताहरु, चलचित्र निर्माण पक्षको उल्लेखनीय उपस्थिति रहेको थियो । चलचित्रले बालबालिकाको मनोविज्ञान र समग्र विकासमा प्रविधिको लतले पारेको असरलाई बुझाउन ठुलो भूमिका खेल्ने पत्रकार सञ्जय दाहालले विश्वास व्यक्त गरे ।
चलचित्र ‘झिल्को’ले बालबालिकामा स्मार्टफोनको कुलत, अभिभावकीय बेवास्ता, र डिजिटल कुलतले पारेको पारिवारिक विखण्डनजस्ता विषयवस्तुलाई प्रस्तुत गरेको नेपाल पत्रकार महासंघ सिन्धुलीका निवर्तमान सभापति कृष्णहरी घिमिरेको भनाई छ ।
चलचित्रमा आयुषी ढकालले वालिकाको मूख्य भूमिका निभाएकी छन् भने साथमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
यसअघि ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईद्वारा निर्देशित यो चलचित्र मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको हो । चलचित्रको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका हुन् । पटकथा यादवकुमार भट्टराईको रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । सिन्धुलीमा रहेका निर्माता भट्टराईले चलचित्रको समापनपछि संक्षिप्त मन्तब्य दिंदै वालवालिकाको सुरक्षित भविश्यका लागि एक पटक सिन्धुली वासीलाई यो चलचित्र आफ्‌ना छोराछोरीसँगै बसेर हेरिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८२, ६ जेष्ठ सोमबार  ९ : ३७ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना