२०८२, २२ चैत्र सोमबार

चलचित्र ‘झिल्को’ सिन्धुलीमा प्रदर्शन

चलचित्र ‘झिल्को’ सिन्धुलीमा प्रदर्शन


सिन्धुली : पछिल्लो समय डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरलाई समेटेर तयार पारिएको नेपाली चलचित्र ‘झिल्को’ सोमवार साँझ सिन्धुलीमा प्रदर्शनमा आएको छ ।
कमलामाई पार्टी प्यालेसको हलमा प्रिमियर शो मार्फत प्रदर्शनमा आएको झिल्कोले उठाएको विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै ‘झिल्को’ हरेक व्यक्तिको लागि यो चलचित्र अहिलेको पुस्ताका लागि एउटा महत्वपूर्ण सिकाई रहेको कमलामाई नगरपालिकाका निवर्तमान नगरप्रमुख खड्गवहादुर खत्रीले बताए ।
“हरेक अभिभावकले आफ्‌ना बालबालिकासहित यो चलचित्र हेर्नुपर्ने रहेछ, गाउँपालिका, नगरपालिका तथा अन्य सरकारहरूले यो चलचित्रलाई विशेष चलचित्रको रूपमा सबैलाई देखाउने अभियान चाल्नुपर्छ” निवर्तमान नगरप्रमुख खत्रीको भनाई थियो ।
प्रिमियर कार्यक्रममा पत्रकार, राजनैतिक दलका नेता, विद्यार्थी संगठनका नेताहरु, चलचित्र निर्माण पक्षको उल्लेखनीय उपस्थिति रहेको थियो । चलचित्रले बालबालिकाको मनोविज्ञान र समग्र विकासमा प्रविधिको लतले पारेको असरलाई बुझाउन ठुलो भूमिका खेल्ने पत्रकार सञ्जय दाहालले विश्वास व्यक्त गरे ।
चलचित्र ‘झिल्को’ले बालबालिकामा स्मार्टफोनको कुलत, अभिभावकीय बेवास्ता, र डिजिटल कुलतले पारेको पारिवारिक विखण्डनजस्ता विषयवस्तुलाई प्रस्तुत गरेको नेपाल पत्रकार महासंघ सिन्धुलीका निवर्तमान सभापति कृष्णहरी घिमिरेको भनाई छ ।
चलचित्रमा आयुषी ढकालले वालिकाको मूख्य भूमिका निभाएकी छन् भने साथमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
यसअघि ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईद्वारा निर्देशित यो चलचित्र मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको हो । चलचित्रको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका हुन् । पटकथा यादवकुमार भट्टराईको रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् । सिन्धुलीमा रहेका निर्माता भट्टराईले चलचित्रको समापनपछि संक्षिप्त मन्तब्य दिंदै वालवालिकाको सुरक्षित भविश्यका लागि एक पटक सिन्धुली वासीलाई यो चलचित्र आफ्‌ना छोराछोरीसँगै बसेर हेरिदिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८२, ५ जेष्ठ सोमबार  ९ : ३७ बजे

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ ।आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने छ। प्रतिनिधिसभाको