२०८२, १६ कार्तिक शनिबार

‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’

‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु भएको बताएका छन् । शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले हिमाल जोगाउनु भनेको पृथ्वी र मानवता जोगाउनु भएको भन्दै यही यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरेको बताए ।

यस्तै, उनले हिमालहरू सरोकारको विषय नलाग्न सक्छ तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको भन्दै हिमालहरु विश्वकै साझा चिन्ताको विषय भएको बताए । उनले भने, ‘सगरमाथा संवादको पहिलो थिम ‘जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य’ रहेको छ । यसले हाम्रो मनको कुरा भन्छ । हिमाली मुलुक हुनुको नाताले, हाम्रा लागि यो थाहा नभएको विषय होइन । यो त हाम्रो दैनिक यथार्थ हो तर, केवल हाम्रो मात्र होइन, विश्वकै साझा चिन्ताको विषय हो ।

के मानवता हाम्रा हिमाल बिना जोगिन सक्छ ?, हिमालहरू टाढाका लाग्न सक्छन् तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको छ ।’ जलवायु परिवर्तनमा नेपाल कम जिम्मेवार भएपनि हिमनदीहरू पग्लिने, वर्षा अनिश्चित बन्दै जाने, पहिरोहरूले घर बगाउने, बाढी र खडेरी अकस्मात आउने जस्ता कार्यले यसको सबैभन्दा कठोर परिणाम नेपालले भोगिरहेको छ ।
उनले भने, ‘जलवायु परिवर्तन अब सामान्य खतरा रहेन, यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो । यसले सबै थोकलाई लपेट्छ— हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि, कुनै पनि राष्ट्र यसबाट अछुतो छैन, कुनै पनि समाज पूर्ण सुरक्षित छैन । तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन् ।

गरिब, अत्यन्त असुरक्षितहरू, हिमाली र कम विकसित राष्ट्रहरू, नेपाल पनि तीमध्ये एक हो । यो संकट ल्याउनमा हाम्रो खासै भूमिका छैन तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं । हिमनदीहरू पग्लिरहेका छन्, वर्षा अनिश्चित बन्दै गइरहेको छ । पहिरोहरूले घर(बास बगाइरहेका छन्, बाढी र खडेरी अकस्मात आउँछन् ।’

प्रकाशित मिति : २०८२, ३ जेष्ठ शुक्रबार  ६ : ४२ बजे

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा