२०८२, १९ मंसिर शुक्रबार

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल वायु सेवा निगमलाई सरकारले ‘धर्मपुत्र’ पालेको जसरी पाल्नुपर्ने आवश्यक्ता नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क र अगाडिको बाटो विषयक मल्टी स्टेकहोल्डर छलफलमा उनले नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाइराख्नु भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै भएको भन्दै यसलाई पालराख्न नहुने बताए । उनले भने, ‘नेपाल वायु सेवा निगमको पहिला जे अवस्था थियो अहिले पनि त्यही नै छ । नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाई राख्ने यसबाट उन्नती हुन्छ भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै हो । यसले दुरुपयोग मात्र गरेको छ । अरु केही पनि गरेको छैन् । यसलाई पीपीए मोडेलमा लानुपर्छ । सरकारले ‘धर्मपुत्र’ पालेको जसरी पालिराख्न भएन् । आजको दिनसम्म पनि त्यसको हालत त्यस्तै छ ।’

यस्तै, उनले  इमानका साथ एक पैसा दायाबाया हुने गरेर काम गर्ने हो भने मुद्दा लाग्छ भनेर डराइ रहननपर्ने बताए । उनले भने, ‘हाम्रो संगठनहरु गाँउ घरतिर हुने लिंडे गोरु जस्तो भएको हुनाले परिणाम राम्रो आउन नसकेको हो । अहिलेसम्मको समीक्षा गर्दा मैंले काम गर्न सकेको छैन् । हाम्रै मन्त्रालयमा हिजो बाढी गयो, मजस्तै मन्त्री मुद्दामा परिरहेका छन् । यस्तो पनि डर छ । तर इमानका साथ काम गर्ने एक पैसा दायाबाया हुने गरेर कुनै काम गर्नु भएन् । त्यसैले डराउनु पर्दैन् । तर मान्छेको मन त हो डर लागिहाल्छ । त्यसकारण हामीले देश, जनता, मन्त्रालयको कामको लागि र यो क्षेत्रलाई बढाउनको लागि इमानका साथ काम गरौं ।’

कमान्डरले गल्ती गरेपछि उसलाई समाउने, मुख्य लेनदेन गर्नेलाई कारबाही गर्नुपर्ने हो । तर त्यसको पछि लाग्ने सबैलाई सजाय दिने चलन गलत भएको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२, २ जेष्ठ शुक्रबार  ६ : २२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको