२०८३, २७ भाद्र आईतबार

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल वायु सेवा निगमलाई सरकारले ‘धर्मपुत्र’ पालेको जसरी पाल्नुपर्ने आवश्यक्ता नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित डिजिटल नेपाल फ्रेमवर्क र अगाडिको बाटो विषयक मल्टी स्टेकहोल्डर छलफलमा उनले नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाइराख्नु भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै भएको भन्दै यसलाई पालराख्न नहुने बताए । उनले भने, ‘नेपाल वायु सेवा निगमको पहिला जे अवस्था थियो अहिले पनि त्यही नै छ । नेपाल वायु सेवा निगमलाई सधैँ सधैँ पैसा दिएर चलाई राख्ने यसबाट उन्नती हुन्छ भनेको बाँदरको हातमा नरिवल दिनु जस्तै हो । यसले दुरुपयोग मात्र गरेको छ । अरु केही पनि गरेको छैन् । यसलाई पीपीए मोडेलमा लानुपर्छ । सरकारले ‘धर्मपुत्र’ पालेको जसरी पालिराख्न भएन् । आजको दिनसम्म पनि त्यसको हालत त्यस्तै छ ।’

यस्तै, उनले  इमानका साथ एक पैसा दायाबाया हुने गरेर काम गर्ने हो भने मुद्दा लाग्छ भनेर डराइ रहननपर्ने बताए । उनले भने, ‘हाम्रो संगठनहरु गाँउ घरतिर हुने लिंडे गोरु जस्तो भएको हुनाले परिणाम राम्रो आउन नसकेको हो । अहिलेसम्मको समीक्षा गर्दा मैंले काम गर्न सकेको छैन् । हाम्रै मन्त्रालयमा हिजो बाढी गयो, मजस्तै मन्त्री मुद्दामा परिरहेका छन् । यस्तो पनि डर छ । तर इमानका साथ काम गर्ने एक पैसा दायाबाया हुने गरेर कुनै काम गर्नु भएन् । त्यसैले डराउनु पर्दैन् । तर मान्छेको मन त हो डर लागिहाल्छ । त्यसकारण हामीले देश, जनता, मन्त्रालयको कामको लागि र यो क्षेत्रलाई बढाउनको लागि इमानका साथ काम गरौं ।’

कमान्डरले गल्ती गरेपछि उसलाई समाउने, मुख्य लेनदेन गर्नेलाई कारबाही गर्नुपर्ने हो । तर त्यसको पछि लाग्ने सबैलाई सजाय दिने चलन गलत भएको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२, २ जेष्ठ शुक्रबार  ६ : २२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।