२०८३, १३ कार्तिक शुक्रबार

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि निरन्तरको काम र अध्ययन गर्नुपर्ने बताएका छन् । सगरमाथा संवादको पूर्वसन्ध्यामा डा.गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्लाइमेट क्यालामेटी ः जष्टिस फर लस एण्ड ड्यामेज’ पुस्तकको लोकार्पण गर्दै उनले वातावरणीय समस्याको अन्त्यको लागि शिवाकोटीद्वारा लिखित यो पुस्तक उपयोगी हुने बताएका हुन् ।

उनले भने, ‘हाम्रो गोष्ठि त ४ गते सकिन्छ । तर वातावरणीय समस्या र गर्नुपर्ने काम  सकिदैन । त्यसको लागि निरन्तरको काम र अध्ययन गर्नुपर्छ । त्यसका लागि पुस्तक उपयोगी हुने विश्वास छ ।’ प्रधानमन्त्री ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा पजि जोड दिए । ‘धर्ती तातो र वातावरण प्रदूषित हुँदै गएर मानवीय जीवन र सुन्दर विश्वको भविष्य खतारमा पर्दै जान थालेको छ । यस्तो समयमा सुरक्षित माननीय जीवन र सुन्दर भविष्यको रक्षाका लागि काम गर्नुपर्छ,’ ओलीले थप भने, ‘हाम्रा भविष्यका सन्तती सुरक्षित र सम्मानति हुनुपर्छ । उनीहरुको चेहरामा हाँसो हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले सगरमाथा संवादका क्रममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनका सारलाई आफूले सम्बोधनमा समावेश गर्ने बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, पूर्वपरराष्ट्रमन्त्री डा विमला राई पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा.सूर्य ढुङ्गेल र जलवायु विज्ञ मञ्जिल ढकालले पुस्तकको सान्दर्भिकताबारे समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए । सरकारले यही जेठ २ गतेदेखि पहिलो पटक नेपालमा सगरमाथा संवादको आयोजना गरेको छ ।

प्रकाशित मिति : २०८२, १ जेष्ठ बिहीबार  ६ : १२ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित