२०८२, २५ पुस शुक्रबार

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी


सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको छ । नेपाल ट्रेड यूनियन महासंघ बागमती प्रदेश अध्यक्ष महेन्द्रराज गिरीको प्रमुख आतिथ्यतामा भएको भेलाले १३ सदस्यीय कमिटी गठन भएको हो ।
समितिको अध्यक्षमा निरमहमद मन्सुरी, उपाध्यक्ष कर्ण आले, सचिव श्रवण श्रेष्ठ, सहसचिव रवि आचार्य, कोषाध्यक्ष कर्ण पाख्रिन र सदस्यहरुमा मन्जितकुमार कर्ण,साहीद खाँ,दसौदी महत्तो, रामवरण महत्तोलगायत रहेका छन् ।


कार्यक्रमलाई सम्वोधनगर्दै प्रमुख अतिथी गिरीले सम्पूर्ण मजदुरहरुलाई अटोमेकानिक्स ट्रेड यूनियनमा आवद्ध भएपछि आउने कुनैपनि समस्यामा आफ्‌नो साथ र सहयोग रहने बताए । उनले ट्रेड यूनियनमा आवद्ध सबै साथीहरुको १ लाखसम्मको जीवन बिमा हुने जानकारी गराउँदै पेशागत अधिकारका लागि आवद्ध भएका साथीहरुले आफ्‌नो कामलाई पनि गुणस्तरिय बनाउन र ग्राहकहरुको मन जित्न सक्नुपर्ने बताए ।


कार्यक्रममा नेपाल ट्रेड यूनियन महासंघका केन्द्रीय सदस्य भिमसेन खतिवडाले पेशागत इमान्दारितासँगै ट्रेड यूनियनमा आवद्ध भएर आफ्‌नो अधिकार रक्षाका लागि लाग्न अपील गरे ।
उनले विगतमा जस्तो अब ग्राहरुलाई जे पनि गर्न सकिन्छ भन्ने कुरा त्यागेर समय अनुसार आफूलाई अपग्रेड गर्न आग्रह गरे । उनले अहिले हरेक पार्ट्सको एमआरपी मूल्य लेखिन थालेको र तपाईहरुले त्यस भन्दा बढि रकम लिए ग्राहकले थाहा पाउने अबस्था आइसकेकाले आफ्‌नो श्रमको मूल्य लिने कुरालाई प्राथमिकतामा राख्न उपस्थित व्यवसायीहरुलाई सुझाब दिएका थिए ।
नेपाल ट्रेड यूनियन महासंघका सल्लाहकार सहदेव कुसवाह, लोकतान्त्रिक यातायात व्यवसायी महासंघका सिन्धुली अध्यक्ष पुरुषोत्तम शर्मालगायतले आ–आफ्‌नो भनाई राखेका थिए ।

प्रकाशित मिति : २०८२, २५ बैशाख बिहीबार  ११ : २२ बजे

कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै नेतृत्वलाई संवादको अपिल

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले पार्टीभित्र

भेनेजुएला घटना विश्व शक्ति संघर्ष, दोस्रो विश्वयुद्धअघिको अवस्थातर्फ धकेलिँदै विश्व व्यवस्था : एमाले

काठमाडौं । नेकपा एमालेले भेनेजुएलासम्बन्धी पछिल्ला घटनाक्रमले विश्व राजनीति गहिरो

सिन्धुलीमा १७ सय निर्वाचन प्रहरीको भर्ना खोलियो

सिन्धुली । आउँदो फाुगन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न

प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा ३ घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा

प्रचण्डको सर्वसत्तावाद र विर्सजनवादको विरुद्ध कडा पत्र लेख्दै रहबरले पार्टी छाडे

काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी