२०८३, ३ भाद्र बिहीबार

नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव

नेपालमा उत्पादन भएका वस्तुको निर्यात बढाउन मन्त्री भण्डारीको सुझाव


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालभित्र उत्पादन भएको वस्तुको निर्यात बढाउनुपर्ने बताएका छन् । विहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालीहरुले अब आफ्ना वस्तुहरुलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुपर्ने भन्दै यसमा निजी क्षेत्रपनि उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउनुपर्ने बताए ।

उनले भने, ‘नेपाली वस्तु र छिमेकी मुलुक मित्र राष्ट्रहरुबाट आएका वस्तुहरु समेतलाई राखेर झण्डै साता दिनको व्यापार मेलाको आयोजना भएको छ । मन्त्रालयको पनि सहभागिता छ । हामीले देशभित्र उत्पादित्त वस्तुहरुलाई संसारले देख्नेगरि, नेपालीहरुले पनि अब आफ्ना वस्तुहरुलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सक्छ । यद्यपी, आज पनि निर्यातको अवस्था अपेक्षा गरे अनुसार हुन सकेको छैन् । आयात निर्यातको अवस्था सबैले देखेकै छौं । धेरै आयात गर्छौ, न्यून रुपमा निर्यात गर्न सकिरहेका छौ । यसलाइ वृद्धि गर्नुपर्छ । त्यसका लागि विशेष रुपमा निजी क्षेत्रले उद्योगको क्षेत्रमा उत्पादकत्व वृद्धि गर्नुपर्छ । त्यसको बजारीकरण गर्नुपर्छ ।’

यस्तै, उनले विभिन्न प्राकृतिक प्रकोपहरुका कारण नेपालको बजार सुस्ताएको भन्दै यसलाई उठाउनका लागि थुप्रै नीतिगत कुराहरुलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘व्यापारको क्षेत्रमा हामी पछाडि छौं । तर सम्भावनाको हिसाबले धेरै अगाडि छौ । सम्भावनालाई आत्मसाथ गर्नुपर्ने छ, प्रतिस्पर्धामा अगाडि बढ्नुपर्ने छ । उद्योगको क्षेत्रमा केही समस्याहरु आएका छन् । विभिन्न प्राकृतिक प्रकोपहरुका कारण पनि नेपालको बजार सुस्ताएको छ । यसलाई उठाउनुपर्छ र उठाउनको लागि थुप्रै नीतिगत कुराहरुलाई सरकारले प्राथमिकतामा राखेको छ ।’

प्रकाशित मिति : २०८२, २५ बैशाख बिहीबार  ३ : ५० बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती