२०८३, ९ भाद्र बुधबार

चुनौतीभित्रको ठूलो अवसरलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ : मन्त्री गुरुङ

चुनौतीभित्रको ठूलो अवसरलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ : मन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गोरखा पत्रलाई सार्वजनिक सेवा प्रकाशनमा लानुपर्ने बताए ।
बुधबार काठमाडौंमा आयोजित गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सव समारोहमा उनले गोरखा पत्र पुरानै ऐनले शासित रहेको भन्दै यसलाई सार्वजनिक सेवा प्रकाशनमा लानुपर्ने र त्यसको लागि नीति बनाउनु पर्ने बताए ।

उनले भने, ‘गोरखा पत्र अहिले पनि पुरानै ऐनले शासित छ । राजा महेन्द्रको समयमा बनेको कानून अझै पनि छ । त्यसकारण अब सार्वजनिक सेवा प्रकाशनको नीति कस्तो हुनुपर्छ त्यो पनि बनाउनु पर्ने छ । त्यसपछि यो संगठनलाई बलियो बनाएर, संरचनालाई बलियो बनाएर संरक्षण गर्नुपर्ने छ यो पनि हामीले गर्नुपर्ने काम छ । यति काम गर्यो भने गोरखापत्र संस्थान हरेक चुनौतीको सामना गर्न तयार हुन्छ ।’

यस्तै, उनले अहिले ४५ भाषामा प्रकाशन भएको गोरखापत्रलाई अझ थप्दै लानुपर्ने पनि बताए ।
उनले भने, ‘अब हाम्रो गोरखापत्र सबै जनताको लागि हुनुपर्छ । त्यसकारण अहिले ४५ भाषामा प्रकाशन भएको छ यसलाई अझ थप्दै लानुपर्छ । एक पाना भएको ठाँउमा दुई पाना हुन्छ त्यसले केही फरक पर्दैन् । यस्तो भयो भने सबैले गोरखा पत्र हाम्रो पत्रिका हो भन्छ । हाम्रो भाषा, पहिचान र नेपालको पक्षमा गोरखापत्र छ भन्ने कुरा पुष्टि गर्ने बेला पनि अहिले आएको छ । त्यो रुपमा गोरखापत्रलाई अझ विकास गर्नुपर्ने छ ।’ चुनौतीभित्र ठूलो अवसर हुन्छ भन्ने कुरा स्वीकार गरेर पनि अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  २ : ५० बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा