२०८२, २ भाद्र मंगलबार

एमाले र कांग्रेसलाई चलाएर फुटाउन सकिन्छ कि भन्ने सपना नदेखे हुन्छ : कैलाश ढुङ्गेल

एमाले र कांग्रेसलाई चलाएर फुटाउन सकिन्छ कि भन्ने सपना नदेखे हुन्छ : कैलाश ढुङ्गेल


रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले एमाले र कांग्रेसको वर्तमान गठबन्धनलाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल रामेछापले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ढुङ्गेलले एमाले र कांग्रेस देशका सबैभन्दा बलिया शक्ति भएकाले कसैले हल्लाएर नहल्लिने बताए । ‘यही गठबन्धनले पुरा समय काम गर्छ, यो २०८४ सम्म जान्छ’, उनले भने ।

अहिले २०६२/०६३ को आन्दोलनले समाप्त गरिसकेको राजतन्त्रको पक्षमा केही शक्ति सलबलाएका बताउँदै ढुङ्गेलले उनीहरूको अभीष्ट पुरा नहुने बताए । ‘नागरिकलाई सरकार र व्यवस्थाको विरुद्ध भड्काउन सकिन्छ कि भनेर केही शक्ति लागेका छन्, यसलाई बुझेर नै सरकार अघि बढेको छ, लोकतन्त्र, न्याय र समाजवादको बाटोमा जाने दुईवटा दलको अभियान सानोतिनो भूकम्पले ढल्दैन, अहिलेको सरकारको बारेमा टीकाटिप्पणी गरेर यो सरकारलाई खसाल्छु भन्ने कुराले कुनै अर्थ राख्दैन’, ढुङ्गेलले भने ।

मुलुकको संगठित तागतको हिसाबले लोकतन्त्र र संविधानको संरक्षणमा एमाले र कांग्रेस प्रतिबद्ध रहेका उनले बताए । कांग्रेस र एमालेको सम्बन्ध बिगार्न सकिन्छ कि भन्ने सपना नदेख्न पनि उनले आग्रह गरे । ‘एमाले र कांग्रसलाई चलाएर फुटाउन सकिन्छ कि भन्ने सपना कसैले नदेखे हुन्छ’, उनले भने ।

देशमा अहिले केही भएन भन्नेलाई विगतमा फर्केर हेर्न ढुङ्गेलले आग्रह गरे । नेपालको विकासमा नसोचेको प्रगति भएको उनले दाबी गरे । सञ्चार र यातायातले देश सहर उन्मुख भएको, कृषिमा व्यवसायीकरण हुँदै गएको उनले बताए । ‘व्यवस्थामा मात्र होइन, अवस्थामा पनि परिवर्तन भएको छ, यो व्यवस्थाले केही दिएन भन्नेले अघिल्लो पुस्तालाई सोधे हुन्छ, विदेशमा बसेर नेतालाई गाली गरेर देश बन्दैन, अमेरिका, बेलायत र अष्ट्रेलियालाई हेरे नेपालमा केही भएन भन्नेले समाज विकासको सामान्य सिद्धान्त पनि बुझेकै छैन’, उनले भने ।

ढुङ्गेलले पार्टीमा आएर काम गर्छु भन्दा पार्टीले जसलाई पनि स्वागत नै गर्ने बताए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सन्दर्भमा पनि त्यही सिद्धान्त लागु हुने तर सो विषयमा पार्टीमा कुनै छलफल नभएको उनले प्रष्ट पारे । ‘अर्को पार्टीबाट यो पार्टीमा आउँछु भन्दा त हामी स्वागत नै गर्छौँ, हिजो पार्टीको उपाध्यक्ष भएर काम गर्नुभएको नेता पार्टीमा काम गर्न आउँछु भन्दा हाम्री स्वागत नै गर्छौँ, होइन अहिलेकै अवस्था ठिक छ भन्दा पनि उहाँलाई सम्मान नै छ’, उनले भने ।                                                                                             पत्रकार सम्मेलनमा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ, नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य प्रेम तामाङ, जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया लगायत सहभागी थिए ।

प्रकाशित मिति : २०८२, २४ बैशाख बुधबार  २ : ४५ बजे

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली

उड्ने कार हेर्न दर्शकको भीड, नाडा अटो शो २०२५ सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर

ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग ट्रम्पको वार्ता

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की