२०८२, २० कार्तिक बुधबार

प्रशासनकै संरक्षणमा साँस्कृतिक महोत्सव,बढ्यो बिकृति !

प्रशासनकै संरक्षणमा साँस्कृतिक महोत्सव,बढ्यो बिकृति !


काठमाडौं: सिन्धुलीमा गएको बैशाख ११ गते देखि जारी फुड फेस्टिभल तथा महोत्सवमा अबैद्य कामहरु भइरहँदा स्थानीय प्रशासन समिते बनेको छ ।
ब्रदर हुड इभेन्ट एण्ड इन्टरन्मेन्ट सिन्धुलीका नाममा जारी रहेको ११ दिने महोत्सवले सिन्धुलीमा बिकृती र विसङ्गती मात्रै भित्र्याएको पाइएको छ ।
‘फुड फेस्टिभल’ भनिए पनि यो नितान्त ११ दिने साँझको कन्सर्ट मात्र बन्न पुगेको छ । दिनभर सुनसान रहने फेस्टिभल स्थल बेलुका ५ बजेपछि मात्र कन्सर्ट हेर्न जमघट हुने स्थान बन्न पुग्यो । जहाँ कलाकारको हैसियत अनुसार फरक–फरक प्रवेश शुल्क तोकिएको थियो ।
कार्यक्रम सुरुमा ८० रुपैयाँ टिकटबाट प्रारम्भ भयो। त्यो शुल्क क्रमशः १५० हुँदै अन्त्यमा २५० रुपैयाँसम्म पुर्‍याइएको थियो । स्थानीय बासिन्दालाई लक्षित गर्दै ३०० रुपैयाँमा ‘पास’ वितरण गरिएको थियो, जुन २० गतेसम्म मात्र मान्य बनाइयो । तर २१ गतेपछि त्यही पास भएका नागरिकलाई पुनः २५० रुपैयाँ तिर्न बाध्य पारिएको तथ्य बाहिरिएको छ ।
महोत्सवस्थल भित्र अस्थायी रूपमा पाल र त्रिपालले बनाइएका शौचालयहरू ठेक्कामा दिइएर अलग्गै शुल्क असुल गरिएको देखिएको छ । प्रवेश शुल्क लिएपछि कार्यक्रम स्थलभित्र अस्थायी शौचालयमा समेत शुल्क असुल्नु लुटको अर्को रुप भएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।
सिन्धुली उद्योग बाणिंज्य संघले व्यापारिक महोत्सव लगाउँदा ९ बजेनैं बन्द गराउन सक्रिय हुने स्थानीय प्रशासनले आर्थिक लाभकै भरमा राति ११ बजेसम्म तेज आवाजमा नाचगान चलाउन दिएको आरोप संघका एक पदाधिकारीले लगाए । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरकारी निवास आसपाससमेत थर्किने गरी मध्यरातसम्म आवाज फैलिएको थियो, तर पनि नियन्त्रणका लागि कुनै पहल गरिएन । बरु ‘माथिको आदेश’ भन्दै प्रहरी जवान त्यहाँ सुरक्षा दिइरहेका थिए । तिहारमा राति ९ बजेपछि देउसी खेल्दा वा खाजाघर सञ्चालन गर्दा सिट्टी फुक्दै दौडिने प्रहरी र स्थानीय प्रशासनले ११ बजेसम्म कन्सर्ट घन्किदा चुपचाप रमिता हेरिरहनुले पनि सन्देश पैदा गराएको उनको भनाई छ ।
राजनीतिक संरक्षण प्राप्त भएपछि सिन्धुलीमा जे गरे पनि हुन्छ भन्ने मानसिकता सिन्धुलीमा मौलाएको छ । पैसाको अगाडि प्रहरी प्रशासन नतमस्तक देखिएको यो फेस्टिभलले प्रशासनिक पतन र निष्पक्षता गुमाएको संकेत गरेको सिन्धुलीका उद्योगी व्यवसायीले अनुभूति गरेका छन् ।
आज सकिने भनिएको कन्सर्ट आर्थिक लोभमा परेका सिन्धुलीका प्रशासन तथा राजनैतिक दलका नेताहरुको समर्थनमा आयोजकले आज पनि समय थप गर्न लागिरहेको बताइएको छ । अघिल्लो वर्ष पनि ब्रदर हुड इभेन्ट एण्ड इन्टरन्मेन्टले खुलामञ्चमा आयोजना गरिएको यस्तै महोत्सवले उद्योगी, व्यवसायी र स्वयमं स्थानीय तह कमलामाई नगरपालिकासमेतलाई आर्थिक रुपमा फाइदा भएको थिएन ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनको सहयोगमा आयोजना गरिएको भनिएको कार्यक्रममा देखिएको विकृति, अवैध खेल र झैझगडाको घटनाले शान्त सिन्धुलीकै बद्नाम गराएको नेपाल पत्रकार महासंघ सिन्धुलीका एक पदाधिकारीले भने ।
अघिल्लो वर्ष भएको कार्यक्रमले स्थानीय सदरमुकामवासीमा गम्भीर चिन्ता बढेको थियो, अहिले पनि त्यही कुरालाई निरन्तरता दिने मात्रै काम गरियो । ‘संस्कृति र विकास प्रवद्र्धन’ को नाममा आयोजना गरिने भनिएको महोत्सवको वास्तविकता अघिल्ला संस्करणहरू जस्तै देखिएको छ । जहाँ साँस्कृतिक कार्यक्रमको आडमा जुवा, मद्यपान, अश्लील नृत्य र झैझगडाको प्रबृत्तिले निरन्तरता पाइरहँदा जिल्ला प्रशासन कार्यालय सिन्धुली आँखा चिम्लिएर बसेको आरोप लाग्न थालेको छ ।
महोत्सवमा मनोरञ्जनका नाममा रातभर हुने अश्लील नृत्य, मद्यपान, जुवा तथा सट्टेबाजी खुलेआम चल्ने गरेको स्थानिय गंगा श्रेष्ठले सिन्धुली बताए । उनले भनेः “पारिवारिक वातावरणमा जान मिल्दैन, बालबालिका लिएर महोत्सव गएको पछुतो हुने अवस्था छ । यो उत्सव हैन, उच्छृंखलताको थलो बनेको छ ।” सि सम्म फुडफेस्टिभल तथा महोत्सवको आयोजना गरिँदैछ । अहिले पनि उस्तै स्टल, साँझपखको सांगीतीक कार्यक्रम र सट्टेबाजी खेल समावेश गरिएको प्रारम्भिक जानकारी आएको छ । आयोजकले अझैसम्म सार्वजनिक रूपमा अघिल्लो कमजोरी सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छैनन् ।
अगाडीको वर्षमा ब्रदर हुड इभेन्ट एण्ड इन्टरन्मेन्टले आयोजना गरेको महोत्सवमा अवैध खेल खुलेआम सञ्चालन भएको थियो । लक्की ड्रको नाममा सट्टेबाजी, टोकन सटहीमा तास, रिङ फाल्ने जस्ता जुवा खेलहरू चलाइयो । स्थानीय प्रशासनको आँखा अगाडि भइरहे पनि कुनै कारबाही भएन । “बच्चा लिएर गएका थियौँ, तर भित्र पसेपछि जुवा घरजस्तो लाग्यो,” एक स्थानीय अभिभावकको गुनासो थियो । सांस्कृतिक कार्यक्रमका नाममा स्टेजमा प्रस्तुत गरिएका गीत र नृत्यमा अश्लीलता, अभद्र व्यवहार र आपत्तिजनक शब्द प्रयोग भएको थियो ।
कमलामाई नगरपालिका र जिल्ला प्रशासन कार्यालयले महोत्सवको निगरानीमा कस्तो भूमिका खेल्ने हो भन्ने स्थानिय स्पष्ट छैनन् । कमलामाई नगरपालिकाले आजबाट सकिने भनिएको महोत्सवको म्याद थप्न आयोजकले निकै प्रयास गरेपनि कर नतिरेकाले कानूनी रुपमा म्याद थपिएन, तर उनीहरुले स्थानीय प्रशासनको अप्रत्यक्ष सहयोगमा धमाधम टिकेट काटिरहेका छन् ।
अघिल्लो वर्ष महोत्सवमा विकृति, अवैध खेल र झैझगडाको गतिविधि भए पनि प्रभावकारी नियन्त्रण हुन नसकेको भन्दै यसपटक पनि नागरिकहरूले आशंका गरेका छन् ।
स्थानीय सामाजिक अभियानकर्ता सुरेश न्यौपानले भन्नुभयो “हामी महोत्सवको विरोधमा होइनौं, तर संस्कृति बिगार्ने, युवा भड्काउने, र अश्लीलता फैलाउने कार्यक्रमको विरोधमा छौं । प्रशासनले कडाइ गर्नुपर्छ ।” उहाँका अनुसार, महोत्सवका नाममा हुने यस्ता गतिविधिले समाजमा नकारात्मक सन्देश दिनुका साथै स्थानीय जनजीवनमा असुरक्षा फैलाएको छ ।

प्रकाशित मिति : २०८२, २२ बैशाख सोमबार  ६ : २७ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई