२०८२, १७ पुस बिहीबार

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चुनौती छ : कांग्रेस

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न चुनौती छ : कांग्रेस


काठमाडौंः नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सरकारले प्रश्तुत गरेको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आर्थिक अभावका कारण कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।

संसद भवन परिसर नयाँ बानेश्वरमा सोमवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक घिमिरेले कतिपय नीति तथा कार्यक्रमहरु लागू गर्नसक्ने खालका नरहेको बताएका हुन् । 

आर्थिक समस्याका कारण सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्णरुपमा लागू हुन्छ भन्नेकुरामा शंका रहेको उनको भनाइ छ । प्रमुख सचेतक घिमिरेले आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावको आधारमा नीति तथा कार्यक्रमहरु समग्र रुपमा राम्रो आएपनि कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको बताए । 

उनले भने, ‘नीति तथा कार्यक्रमले आर्थिक सुझाव आयोगले दिएका सुझावहरुलाई समेत राम्रोसँग समेटेको छ । समग्रमा यो नीति तथा कार्यक्रम राम्रो छ । तर सबैभन्दा ठूलो कुरा चुनौतीको पाटो छ । यसभन्दा अगाडि आउने नीति तथा कार्यक्रम पनि राम्रै हुन्थे । त्यसलाई लागू गर्नको लागि हामीसँग प्रयाप्त आर्थिक स्रोत पनि छैन । त्यस कारण नीति तथा कार्यक्रम कतिपय अवस्थामा सान्दर्भिक नभएका अथवा लागू गर्ने अवस्थामा नरहेका पनि हामीले देखेका हुन्छौं । त्यसकारण यो पनि लागू गर्ने कुरामा सन्देहभन्दा पनि चुनौतीपूर्ण छ ।’ 

उनले नीति तथा कार्यक्रम कार्यान्वयनको चुनौतीलाई कसरी सामना गर्ने भन्नेकुरा सरकारको लागि गम्भिर प्रश्न रहेको बताए। 

प्रकाशित मिति : २०८२, २२ बैशाख सोमबार  ५ : २९ बजे

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

काठमाडौं। नेपालबाट एक वर्षको अवधिमा १५ लाख २३ हजार नेपाली

अडियोदेखि बैंक लेनदेनसम्म, ७ प्रमाणले थुनामा पुगे पूर्वमन्त्री गुप्ता

काठमाडौं। पोखराको लिचीबारी जग्गा प्रकरणमा घुस लिएको अभियोगमा विशेष अदालतले

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास