२०८२, ४ कार्तिक सोमबार

कुलमानको बदमासी, यसरीभयो पर्दाफास !

कुलमानको बदमासी, यसरीभयो पर्दाफास !


काठमाडौं:  नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कर्तुतकाे अहिले पर्दाफास भएको छ। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गरेसँगै कुलमान घिसिङका अनियमितता बाहिर आएका हुन्।

नेपाल विद्युत प्राधिकरणको आर्थिक अवस्था जटिल र अनिश्चित दिशातर्फ उन्मुख देखिएको छ। महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८०/८१ सम्ममा प्राधिकरणको कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ, तर सो सम्पत्तिमा उल्लेखनीय संरचनात्मक कमजोरीहरू फेला परेका छन्।

प्राधिकरणले तयार पारेको श्वेतपत्रमा पनि प्राधिकरण वित्तीय संकटतर्फ उन्मुख भएको उल्लेख गरिएको छ। निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले वित्तीय विवरणमा हेरफेर गरेको पाइएको छ। लोकप्रियता कमाउने प्रयासस्वरूप घिसिङले प्राधिकरणलाई कागजी नाफामा पुर्‍याएको उल्लेख गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा तयार गरिएको श्वेतपत्रको वित्तीय विवरण अनुसार, प्राधिकरण अहिले संकटको अवस्थामा छ र ठूलो परिमाणमा बक्यौता तिर्न बाँकी रहेको देखिन्छ।

प्रकाशित मिति : २०८२, १९ बैशाख शुक्रबार  ८ : ५५ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,