२०८२, १९ चैत्र शुक्रबार

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई तीव्र बनाएका कारणले विश्वव्यापी रूपमा नै मानवअधिकार सङ्कटमा परेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

मंगलवार काठमाडौंमा वार्षिक मानव अधिकार प्रतिवेदनको विमोचन गर्दै एम्नेस्टी इन्टरनेसनलका निर्देशक निराजन थपलियाले राष्ट्रपति ट्रम्पको पहिलो १०० दिनले सन् २०२४ मा देखिएको विश्वव्यापी प्रतिगमन र गहिरोसँग जरा गाडेर रहेको प्रवृत्तिहरूलाई अझ तीव्र बनाएको बताएका छन् ।

‘अन्तर्राष्ट्रिय मानवअधिकारको संरक्षणलाई निस्तेज पारिरहेको र विश्वका अर्बौं मानिसहरूको जीवनलाई जोखिमततिर धकेलिरहेको ट्रम्प प्रशासन मानवअधिकार विरोधी अभियानले यसअघिदेखि नै विश्वमा विद्यमान हानिकारक प्रवृत्तिहरूलाई थप तीव्र बनाइरहेको चेतावनी दिएको छ,’ उनले भने ।

उनले द्वन्द्वहरुका कारण सरकारले निर्मम दमन गरेको पनि बताए ।

उनले भने, ‘वर्षैपिच्छे मानवअधिकारमा भएको उपलब्धिबाट पछि हट्ने जोखिमताका बारे चेतावनी दिँदै आएका छौं । प्रत्यक्ष प्रसारण भइरहेको तर कसैले वास्ता नगरेको इजरायलद्वारा गाजामा भइरहेको प्यालेस्टिनीहरूको जातीय संहार मात्र नभएर विगत १२ महिनामा भएका घटनाहरूले सबैभन्दा शक्तिशाली राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानुनलाई त्याग्ने र बहुपक्षीय संस्थाहरूको बेवास्ता गर्ने कार्यले गर्दा संसारमा धेरै मानिसहरूका लागि कति नारकीय बन्न सक्छ भन्ने उदाङ्गो छ ।’

उनले संसारभरी भावी पुस्ता सङ्कटमा पर्नुका साथै शरणार्थी, महिला, बालिकाहरुको  अधिकारविरुद्ध प्रतिकुलता बढिरहेको पनि बताए ।

‘विश्वव्यापी असमानता जलवायु सङ्कट र प्रविधिगत रुपान्तरणले चुनौति थपिदिएको छ । ति चुनौतिलाई सम्बोधन गर्न संसारका सबै राष्ट्र विफल भएका छन् । जसले गर्दा भावी पुस्ता ठुलो सङ्कटमा रहेको देखिन्छ । आप्रावासी, शरणार्थी, महिला, बालिका र यौनिक एवम फरक पहिचान भएका व्यक्तिहरुको अधिकारविरुद्ध संसारभरि प्रतिकुलता बढिरहेको छ,’ उनले भने । 

प्रकाशित मिति : २०८२, १६ बैशाख मंगलबार  ४ : ५९ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले