२०८३, १३ कार्तिक शुक्रबार

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई तीव्र बनाएका कारणले विश्वव्यापी रूपमा नै मानवअधिकार सङ्कटमा परेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

मंगलवार काठमाडौंमा वार्षिक मानव अधिकार प्रतिवेदनको विमोचन गर्दै एम्नेस्टी इन्टरनेसनलका निर्देशक निराजन थपलियाले राष्ट्रपति ट्रम्पको पहिलो १०० दिनले सन् २०२४ मा देखिएको विश्वव्यापी प्रतिगमन र गहिरोसँग जरा गाडेर रहेको प्रवृत्तिहरूलाई अझ तीव्र बनाएको बताएका छन् ।

‘अन्तर्राष्ट्रिय मानवअधिकारको संरक्षणलाई निस्तेज पारिरहेको र विश्वका अर्बौं मानिसहरूको जीवनलाई जोखिमततिर धकेलिरहेको ट्रम्प प्रशासन मानवअधिकार विरोधी अभियानले यसअघिदेखि नै विश्वमा विद्यमान हानिकारक प्रवृत्तिहरूलाई थप तीव्र बनाइरहेको चेतावनी दिएको छ,’ उनले भने ।

उनले द्वन्द्वहरुका कारण सरकारले निर्मम दमन गरेको पनि बताए ।

उनले भने, ‘वर्षैपिच्छे मानवअधिकारमा भएको उपलब्धिबाट पछि हट्ने जोखिमताका बारे चेतावनी दिँदै आएका छौं । प्रत्यक्ष प्रसारण भइरहेको तर कसैले वास्ता नगरेको इजरायलद्वारा गाजामा भइरहेको प्यालेस्टिनीहरूको जातीय संहार मात्र नभएर विगत १२ महिनामा भएका घटनाहरूले सबैभन्दा शक्तिशाली राष्ट्रहरूले अन्तर्राष्ट्रिय कानुनलाई त्याग्ने र बहुपक्षीय संस्थाहरूको बेवास्ता गर्ने कार्यले गर्दा संसारमा धेरै मानिसहरूका लागि कति नारकीय बन्न सक्छ भन्ने उदाङ्गो छ ।’

उनले संसारभरी भावी पुस्ता सङ्कटमा पर्नुका साथै शरणार्थी, महिला, बालिकाहरुको  अधिकारविरुद्ध प्रतिकुलता बढिरहेको पनि बताए ।

‘विश्वव्यापी असमानता जलवायु सङ्कट र प्रविधिगत रुपान्तरणले चुनौति थपिदिएको छ । ति चुनौतिलाई सम्बोधन गर्न संसारका सबै राष्ट्र विफल भएका छन् । जसले गर्दा भावी पुस्ता ठुलो सङ्कटमा रहेको देखिन्छ । आप्रावासी, शरणार्थी, महिला, बालिका र यौनिक एवम फरक पहिचान भएका व्यक्तिहरुको अधिकारविरुद्ध संसारभरि प्रतिकुलता बढिरहेको छ,’ उनले भने । 

प्रकाशित मिति : २०८२, १६ बैशाख मंगलबार  ४ : ५९ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित