२०८३, २४ आश्विन आईतबार

युरोपेली युनियनका राजदुत र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता

युरोपेली युनियनका राजदुत र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता


ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र युरोपेली युनियनका राजदुत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा नगर प्रमुख चिरीबाबु महर्जनले महानगरमा भएका कामको बारेमा चर्चा गरेका थिए । महानगरले सम्पदा संरक्षण, वातावरण संरक्षण , हरियाली प्रबद्र्धनको क्षेत्रमा प्रशस्तै काम गरेको बताए । महानगर प्रमुख महर्जनले सामाजिक विकासलाई पनि महानगरले प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए । भेटवार्ताको क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ पनि उपस्थित थिए ।

भेटवार्ताको क्रममा युरोप डे २०२५ को बारेमा पनि छलफल भएको  थियो । प्रत्येक वर्ष मे ८ मा युरोप डे मनाइन्छ । यो वर्षको युरोप डेमा पाटन संग्रहालयमा कार्यक्रम आयोजना गरिएको सन्दर्भमा समेत छलफल भएको थियो । युरोपेली युनियनका राजदुत भरोनिक लोरेन्जोले महानगर प्रमुख चिरीबाबु महर्जनले सहरको  विकासमा देखाउनु भएको दुरदर्शिता, प्रतिबद्धता प्रशंसनीय भएको बताइन् ।  समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि सक्रिय रहेका  नगरप्रमुखसँग भेटेर कुराकानी गर्न पाउँदा खुशी लागेको बताइन् ।

महानगरमा पाएको न्यानो आतिथ्यताप्रति उनले आभार प्रकट गर्दै ललितपुर नागरिकको हित र सहरको विकासलागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल र यीयूको सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्ने धारणा राखिन् ।

प्रकाशित मिति : २०८२, १६ बैशाख मंगलबार  ९ : ५१ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री