२०८२, ३१ जेष्ठ शनिबार

युरोपेली युनियनका राजदुत र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता

युरोपेली युनियनका राजदुत र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता


ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र युरोपेली युनियनका राजदुत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा नगर प्रमुख चिरीबाबु महर्जनले महानगरमा भएका कामको बारेमा चर्चा गरेका थिए । महानगरले सम्पदा संरक्षण, वातावरण संरक्षण , हरियाली प्रबद्र्धनको क्षेत्रमा प्रशस्तै काम गरेको बताए । महानगर प्रमुख महर्जनले सामाजिक विकासलाई पनि महानगरले प्राथमिकतामा राखेर काम गरेको जानकारी दिए । भेटवार्ताको क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ पनि उपस्थित थिए ।

भेटवार्ताको क्रममा युरोप डे २०२५ को बारेमा पनि छलफल भएको  थियो । प्रत्येक वर्ष मे ८ मा युरोप डे मनाइन्छ । यो वर्षको युरोप डेमा पाटन संग्रहालयमा कार्यक्रम आयोजना गरिएको सन्दर्भमा समेत छलफल भएको थियो । युरोपेली युनियनका राजदुत भरोनिक लोरेन्जोले महानगर प्रमुख चिरीबाबु महर्जनले सहरको  विकासमा देखाउनु भएको दुरदर्शिता, प्रतिबद्धता प्रशंसनीय भएको बताइन् ।  समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि सक्रिय रहेका  नगरप्रमुखसँग भेटेर कुराकानी गर्न पाउँदा खुशी लागेको बताइन् ।

महानगरमा पाएको न्यानो आतिथ्यताप्रति उनले आभार प्रकट गर्दै ललितपुर नागरिकको हित र सहरको विकासलागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल र यीयूको सम्बन्धलाई मजबुत बनाउन सहयोग गर्ने धारणा राखिन् ।

प्रकाशित मिति : २०८२, १६ बैशाख मंगलबार  ९ : ५१ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।