२०८३, २२ जेष्ठ शनिबार

विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र तलब निकासा गर्ने गाउँपालिकाको निर्णय

विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र तलब निकासा गर्ने गाउँपालिकाको निर्णय


पोखरा: स्याङ्जाको हरिनास गाउँपालिकाले विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र शिक्षकको तलब निकासा गर्ने गरेको छ ।

शिक्षकहरु विभिन्न माग राख्दै आन्दोलनमा रहदा विद्यालय बन्द रहेको र पढाई भएको दिनदेखिको मात्रै तलव निकासा गर्ने गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए । सोहि बमोजिम उनले विद्यालयलाई पत्राचार गरेका छन् ।

‘हरिनास गाउँपालिकाभरका विद्यालयहरुका शिक्षक, कर्मचारी तथा वाल शिक्षकहरुको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलव निकासा हुने सम्पूर्णमा अनुरोध छ,’ पत्राचारमा उल्लेख छ।

यसैबीच काठमाडौंको बुढानिलकण्ड नगरपािलकाले भोलीबाट सामुदायिक बिद्यालयमा पठन पाठन सुचारु गर्न निर्देशन लिएको छ । सो निर्देशनलाई अवज्ञा गरे कडा कारबाही गर्न वाध्य हुने नगरप्रमुखले एक विज्ञप्ती मार्फत चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : २०८२, १० बैशाख बुधबार  १० : १२ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति