२०८३, ६ बैशाख सोमबार

सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थी भर्ना !

सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थी भर्ना !


सिन्धुली: वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थीहरु भर्ना भइरहेको विवरणहरु सार्वजनिक भएकाछन् ।
सिन्धुली सदरमुकाम स्थित निजी विद्यालयहरुले पठन पाठन सुरु गरेपछि विद्यार्थी निजी विद्यालय जानबाट रोक्न विद्यालय कर्मचारी र केही शिक्षक प्रयोग गरेर भर्ना कार्यक्रमलाई अगाडि बढाइएको कमलामाई नगरपालिकाको शिक्षा शाखाका एक अधिकारीले जानकारी दिए ।
उनका अनुसार अहिले सदरमुकामका सबै विद्यालयमा विद्यार्थीहरु भर्ना भइरहेकाछन्, तर ति विद्यालयका प्रधानाध्यापक लगायतका अधिकांश शिक्षकहरु सरकार विरोधी राजधानी केन्द्रीत सडक आन्दोलनमा देखिएका छन् । आन्दोलनमा रहेकाहरुलाई आफ्‌नो विद्यालयमा विद्यार्थी घट्ने र निजी विद्यालयले लगेको वारे कुनै पनि चिन्ता नदेखिएको आरोप लाग्न थालेको छ ।
कमलामा माध्यमिक विद्यालय, ढुंग्रेवास, सिलामे, सिद्धवावा मावि पानींकी, मावि गडौली, गौमती, मावि खट्टार, पल्लो रामपुर, भिमान, रानिवास लगायतमा विद्यार्थीहरु धमाधम भर्ना भइरहेको थाहा लागेको छ ।
के गर्ने विद्यार्थीहरु भर्ना नगर्ने हो भने वोर्डिङतिर जान थाले, देखिनेगरी भर्ना गर्दा शिक्षक नेताहरुले फोन गरेर धम्की दिन्छन्, तैपनि हामीहरुले लुकेरै विद्यार्थी भर्ना गरिरहेका छौं, सदरमुकामका एक शिक्षकले भने । मैंले आन्दोलनको स्वरुप बदलौं, विद्यार्थीहरु वोर्डिङले चोर्न थाले भन्दा नेताहरुले चासै दिएनन्, हामी आन्दोलनसँगै विद्यार्थीको अधिकारप्रति सचेत र संवेदनशिल बन्न सकेनौं, उनले नाम उल्लेख नगर्ने सर्तमा भने । तैपनि केही साथीहरुको सल्लाह अनुसार विद्यालय कर्मचारी र केही शिक्षक साथीको सहयोगमा भर्नालाई जारी राखेका छौं ।
केही समय अगाडि सार्वजनिक भएको कक्षा ८ को नतिजाले सामुदायिक विद्यालयको पठाइको गुणस्तरमाथि प्रश्न उठिरहेका बेला सामुदायिक विद्यालयलाई फाइदा पुग्नेगरी भएको शिक्षक आन्दोलनले वालवालिकाको अधिकार कुण्ठित भएको वालवालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बताएको थियो ।

प्रकाशित मिति : २०८२, १० बैशाख बुधबार  ९ : ४२ बजे

टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपका लागि नेपाली टोली प्रस्थान

काठमाडौं । टर्कीको अन्टालियामा आयोजना हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा

रास्वपाको सचिवालय १६ सदस्यीय, को-को परे?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय

सेयर बजार १३ अंकले घट्यो, ४ कम्पनीमा १५ प्रतिशतसम्मको उछाल

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक

आयल निगममा धर्ना दिन गएका जेन-जी युवा प्रहरीद्वारा हटाइए, मूल्यवृद्धि फिर्ताको माग

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै राष्ट्रिय जेन-जी

चलचित्र “सारथी” को मुहूर्त सम्पन्न, निरुता सिंह र उत्तम प्रधानको पुनरागमन

मकवानपुर । आज बिहान करिब ८ बजे भद्रकाली मन्दिरमा नेपाली