२०८२, ११ चैत्र बिहीबार

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस


काठमाडौं । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । आजकै दिन विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर, इन्का गार्सिलासो दे ला भेगाको निधन भएको थियो ।

सन् १९९५ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को साधारणसभाले अप्रिल २३ लाई ‘विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस’को रूपमा मनाउने पहल गरेको हो ।

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पुस्तक र लेखकलाई सराहना गर्ने, समाज रूपान्तरणको लागि योगदान गर्ने साहित्यकारहरूको सम्मान गर्ने आशासहित पुस्तक पढ्ने संस्कारमा वृद्धि गराउने उद्देश्यले पढाइको आनन्दको अन्वेषण समेत गर्नका लागि समर्पित दिन हो ।

आज धेरै देशमा शैक्षिक संस्था, सार्वजनिक निकाय, व्यावसायिक समूह र निजी व्यवसायहरूद्वारा विभिन्न पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी तथा सेमिनार, सम्मान कार्यक्रम आदि आयोजना गरेर विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाइन्छ ।

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस सर्जकहरूले सृजना गरेको बौद्धिक सम्पत्तिको रक्षा गर्न अनि सर्जकका रचनाहरूको अनधिकृत प्रयोगलाई रोकथाम गरि यो कार्य अवैध हो भनी सचेतना बढाउन यो दिवस मनाइन्छ ।

प्रकाशित मिति : २०८२, १० बैशाख बुधबार  ९ : १५ बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे

राखेपद्वारा एन्फा नेतृत्वको तीन महिने निलम्बन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा