२०८२, २३ पुस बुधबार

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस


काठमाडौं । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । आजकै दिन विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर, इन्का गार्सिलासो दे ला भेगाको निधन भएको थियो ।

सन् १९९५ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को साधारणसभाले अप्रिल २३ लाई ‘विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस’को रूपमा मनाउने पहल गरेको हो ।

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पुस्तक र लेखकलाई सराहना गर्ने, समाज रूपान्तरणको लागि योगदान गर्ने साहित्यकारहरूको सम्मान गर्ने आशासहित पुस्तक पढ्ने संस्कारमा वृद्धि गराउने उद्देश्यले पढाइको आनन्दको अन्वेषण समेत गर्नका लागि समर्पित दिन हो ।

आज धेरै देशमा शैक्षिक संस्था, सार्वजनिक निकाय, व्यावसायिक समूह र निजी व्यवसायहरूद्वारा विभिन्न पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी तथा सेमिनार, सम्मान कार्यक्रम आदि आयोजना गरेर विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाइन्छ ।

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस सर्जकहरूले सृजना गरेको बौद्धिक सम्पत्तिको रक्षा गर्न अनि सर्जकका रचनाहरूको अनधिकृत प्रयोगलाई रोकथाम गरि यो कार्य अवैध हो भनी सचेतना बढाउन यो दिवस मनाइन्छ ।

प्रकाशित मिति : २०८२, १० बैशाख बुधबार  ९ : १५ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय