२०८३, ११ बैशाख शनिबार

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली


काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई यत्रो आक्रमण, बदनाम गर्न खोज्नेहरुकै बीचमा पनि पार्टी टिकेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि अहिले पनि एमाले  देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताएका हुन् ।

उनले भने, ‘दुई तिहाईमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं एमालेलाई भनेर, एमालेमै पसेर अगाएका किर्नाजस्ता टुम्मटुम्म भएकाहरु एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भन्दै हिँडे । यत्रो आक्रमण, यतिधेरै बदनाम गर्न खोज्दा पनि हामी टिकेका छौं । जनताका बीचमा गएका छौं ।  जनताको विश्वास जितेका छौं  । अहिले पनि नेकपा एमाले  देशको सबैभन्दा लोकप्रिय पार्टीको  रुपमा स्थापित छ । सिध्याउँछु भने पनि सबैभन्दा लोकप्रिय पार्टीको रुपमा अहिले पनि अगाडि छौं । सिध्याउँछु  भन्दैमा नेकपा एमाले  सिद्धिन्नेवाला छैन  । पार्टीको महान उद्देश्यप्रतिको लिडरसिपको धैर्यता, पार्टीपङ्तिको दृढताको कारणले एमाले सिधिँदैन ।’ साथै उनले कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन नदिने षड्यन्त्र भइरहेको बताए । उनले पार्टी भित्रबाटै विरोधीलाई सहयोग पुग्नेगरी बोल्ने गरेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘विरोधीहरूले खुब संगठित ढंगले घेराबन्दी र हमला गर्छन् । हाम्रै साथीहरूले पनि कताकता यतिकै विरोध भएको छ त भन्ने कताकता भ्रममा सामेल हुनेगरी बोल्ने गरेको पाइएको छ । गाली खानका लागि कुनै गल्ती गर्नुपर्दैन भन्ने उदाहरण गल्ती गर्नेहरूले, अपराधीहरूले समाज बिगार्नेहरूले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्वहरूले राम्रो काम गर्नेहरूलाई नै सबैभन्दा चर्कोगरी घेराबन्दी गर्ने काम गरिरहेका छन् । यसमा विभिन्न प्रकारका तत्वहरू सामेल भइरहेका छन् ।’

प्रकाशित मिति : २०८२, १० बैशाख बुधबार  १२ : १३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले