२०८३, ११ श्रावण मंगलबार

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको गति बढाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन । चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकको प्रगति समिक्षामा मुख्यमन्त्री कडेलले बजेट कार्यान्वयमा बाँकी अवधि महत्वपूर्ण हुने भएकोले बजेट कार्यान्वनको स्प्रीड बढाउन निर्देशन दिएका हुन । 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको छ । लक्ष्य अनुसार प्रगति हासिल हुन नसकेपछि मुख्यमन्त्री कडेलले हिजोको भन्दा जनशक्ति पर्याप्त हुँदा पनि पर्याप्त रिजल्ट नआउनुको कारणबारे सचिवहरुसँग प्रश्न गरे । उनले भने, ‘पहिला जनशक्ति पर्याप्त थिएन भनरे काम रोकिन्थे तर अहिले पर्याप्त जनशक्ति हुँदा पनि किन रिजल्ट निस्कन सकेन ? समिक्षा गर्नै पर्छ ।’

मुख्यमन्त्री कडेलले सुशासन र बजेट कार्यान्वयनमा अथक प्रयास गरेपनि सन्तुष्टी मिल्ने गरि प्रगति हासिल गर्न नसकिएको तर्फ मन्त्री तथा सचिवहरुको ध्यानाकर्षण गराए । उनले भने, ‘हामीले साउनदेखि जुन हिसाबले मेहनत गरिरहेका छौँ तर मेहनतको प्रतिफल प्राप्त गर्न सकेनौँ ।’ आफना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय कामहरु अलपत्र परेको बताउँदै मुख्यमन्त्री कडेलले सरकारी काम भएपनि ताकेत गर्न छोडन नहुनेमा जोड दिए ।

मुख्यमन्त्री कडेलले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्न समेत निर्देशन दिए । उनले परम्परागत बजेट र कार्यक्रम भन्दा जनताले अनुभूति हुने गरि बजेटको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिए । अनुशासनको नाम काम अडकाएर राख्ने नभई थिति बसाल्ने र मन्त्रालयले निकास निकाल्ने गरि काम गर्न पनि मुख्यमन्त्री कडेलले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति : २०८२, ९ बैशाख मंगलबार  ९ : ०० बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि