२०८२, १६ माघ शुक्रबार

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै


काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको ७० औँ बैठक दिनको २ः३० बजे सिंहदरबारमा बस्ने भएको हो ।  

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल गरिने कार्यसूची रहेको छ । यस्तै, आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । खानेपानी मन्त्री प्रदिप यादवको उपस्थितीमा विहान ११ बजे बैठक बस्न लागेको हो । सिंहदरबारमा बस्ने बैठकमा खानेपानी, सरसफाइ र स्वच्छताका सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारवाही ÷कार्यप्रगति र अगामी आर्थिक वर्षको  बजेट÷कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेका छलफल गरिने कार्यसूची रहेको छ ।

यसैगरी आज विधायन व्यवस्थापन समितिको ६३ औँ बैठक बस्ने भएको छ । सिंहदरवारमा अपराह्न १ बजे बस्ने बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने छ ।

प्रकाशित मिति : २०८२, ९ बैशाख मंगलबार  ८ : ५६ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम