२०८३, ३२ असार शुक्रबार

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा इच्छाशक्ति भएमा नेपालमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात नियन्त्रण गर्न सकिने बताएका छन् । नेपाल चामल, तेल, दाल उद्योग संघको ४५औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका हुन् । उनले भने, ‘चामल, तेल, दालजस्ता वस्तुहरूको नेपालमै उत्पादन गर्ने पर्याप्त सम्भावना छ। यस क्षेत्रमा उपयुक्त लगानी गरी प्याकेजिङ र ब्रान्डिङमा निजी क्षेत्रले अझ ध्यान दिनुपर्ने आवश्यकता छ । सरकार उद्योगमैत्री नीति अवलम्बन गर्दै नीतिगत सहुलियत दिन तयार छ ।’

भारतको उदाहरण दिँदै उनले भने, ‘नेपालभन्दा कैयौँ गुणा बढी जनसंख्या भएको भारतले आफ्ना प्रयाप्त उत्पादनहरू निर्यात गर्न सकेको छ भने, हाम्रो देशको हावापानी हेर्दा एकै दिनमा हिमाल, पहाड र तराईको अनुभव गर्न सकिन्छ । यस्तो विविध वातावरण भएको देशमा उत्पादन वृद्धि गर्नु कुनै ठूलो चुनौती होइन । त्यसैले निजी क्षेत्र उत्पादन वृद्धिको अभियानमा सक्रिय हुनुपर्छ । सरकारले नीति तथा सहुलियतका माध्यमबाट अनुकूल वातावरण बनाउने प्रतिबद्धता जनाएको छ ।’

उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा सरकार सबै क्षेत्रसँग परामर्शमा केन्द्रित रहेको बताए ।मन्त्री भण्डारीका अनुसार नेपालमा ३३ हजार मेट्रिक टन खाद्यान्न स्टक गर्नुपर्ने लक्ष्य रहेपनि त्यो अझै पूरा हुन सकेको छैन ।

‘हाल हामी त्यो लक्ष्यको नजिक पुग्दैछौं,’ उनले भने, ‘तर यस वर्ष पेट्रोलियम पदार्थभन्दा पनि बढी सोयाबिनको आयात भएको देखिएको छ । पहाडहरू रित्तिँदै गएका छन्, खेतबारी बाँझो छन्, र युवाहरू खाडी मुलुकमा श्रम बेच्न बाध्य छन्। विदेशको विषादीयुक्त खाद्यपदार्थ खाएर जीउ जोगाउनु हाम्रो लागि विडम्बनाको कुरा हो ।’ उनले हिमाली तथा पहाडी क्षेत्रमा रैथाने अन्नबालीको उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८२, ८ बैशाख सोमबार  १० : ०२ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित