२०८२, १५ माघ बिहीबार

युनुससँग बंगलादेशको सत्ता चलाउने संवैधानिक आधार छैन : शेख हसिना

युनुससँग बंगलादेशको सत्ता चलाउने संवैधानिक आधार छैन : शेख हसिना


काठमाडौं । बंगलादेशकी निर्वासित प्रधानमन्त्री शेख हसिनाले मोहम्मद युनुसलाई सत्तामा रहने संवैधानिक अधिकार नभएको बताएकी छन् ।

मंगलबार आवामी लिग पार्टीका कार्यकर्ताहरूलाई अनलाइनमार्फत सम्बोधन गर्दै हसिनाले अन्तरिम सरकार प्रमुख युनुससँग सत्ता चलाउने संवैधानिक हैसियत नभएको बताएकी हुन् । युनुसले सुनियोजित तवरले सत्ता कब्जा गरेको समेत हसिनाको आरोप लगाइन् । ‘विदेशी पैसाबाट सुनियोजित योजना बनाएर सत्तामा पुगेका हुन् । उनीसँग सरकार चलाउने संवैधानिक हैसियत र जनादेश छैन,’ हसिनाले कार्यकर्ताहरूलाई भनिन्।

उनले संवैधानिक तवरबाट अझै पनि आफू प्रधानमन्त्री नै रहेको दावी गरेकी छन् । ‘मैले सबै त्यागेर देश छाडेको भन्ने उनीहरूले नसोचुन् । संविधानका अनुसार, जनताले चुनेको प्रतिनिधिको हैसियत र संसदले चुनेको उम्मेदवारको हैसियतले बंगलादेशको प्रधानमन्त्री हुँ । युनुसको सत्ताको वैधानिकता छैन,’ हसिनाको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ ।

उनले वंगलादेशमा आवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्ने मागबारे पनि आपत्ति जनाएकी छन् । उनले बंगलादेशलाई शेख मुजिबुर रहमानले अवामी लिगमार्फत एकजुट गरेको र स्वतन्त्रता दिलाएको नभुल्न पनि अनुरोध गरिन्। गत अगस्ट ५ मा बंगलादेशमा विद्यार्थीहरूको आन्दोलन उत्कर्षमा पुगेपछि हसिना बंगलादेशबाट भागेर भारत पुगेकी थिइन्। अहिले उनी भारतकै शरणमा छिन् ।

प्रकाशित मिति : २०८१, २६ चैत्र बुधबार  १२ : २६ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला