२०८३, १५ कार्तिक आईतबार

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा


काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् ।

यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ। ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गर्दछौं,’ महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनु हुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौं ।’

शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ । सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ । शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्य समेत प्रभावित भएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको हो ।

प्रकाशित मिति : २०८१, २३ चैत्र आईतबार  १० : ०२ बजे

काठमाडौँमा ‘काठमाडौँ हरर फिल्म फेस्ट’ : आज साँझ समापन

काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व

नबिल बैंकको नाफामा उछाल : तीन महिनामै कमायो २ अर्ब ५५ करोड, वृद्धि ४५ प्रतिशत

काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो

मुख्यमन्त्री थापाद्वारा नेपाल–कोरिया मैत्री अस्पतालको आकस्मिक अनुगमन

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज,

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग