२०८२, ११ मंसिर बिहीबार

कृषि विकास बैंकले माग्यो ११८ कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले माग्यो ११८ कर्मचारी (सूचनासहित)


काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त माग गरेको छ । बैंकको जनशक्ति व्यवस्थापन विभागले आज सूचना जारी गर्दै विभिन्न पदको लागि ११८ जना कर्मचारी माग गरेको हो।

कृषि विकास बैंकले आठौँ तहको शाखा अधिकृत १ जना, छैटौँ तहको व्यवसाय अधिकृत ४८ जना, छैटौँ तहकै एमआईएस अधिकृत ३ जना, छैटौँ तहकै कानुन अधिकृत १ जना, छैटौँ तहकै कम्प्युटर अधिकृत १ जना, छैटौँ तहकै कर्जा अधिकृत ५ जना र चौथो तहको लेखापाल ५९ जना पदपूर्ति गर्न चाहेको सूचनामा उल्लेख छ ।

यी पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजबाटै अनलाइन माध्यमबाट फारम भर्न पनि कृषि विकास बैंकले आग्रह गरेको छ ।

हेर्नुस् सूचना

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
email sharing button

प्रकाशित मिति : २०८१, २१ चैत्र शुक्रबार  १० : ४० बजे

मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध सर्वोच्च अदालतमा दायर

नेपाली कांग्रेसमा महाधिवेशनको मांग र आन्तरिक संघर्षले पार्टी विभाजनको खतरा

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक असहमतिले पार्टीको स्थिरता र आगामी

जसपाका बागमती अध्यक्षगोले एमालेमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टीका बागमतीप्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा

एमालेको महाधिवेशन उद्घाटन भक्तपुरमा, बन्दसत्र काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री