२०८२, २९ चैत्र सोमबार

सर्लाहीको दुई स्थानबाट साढे २३ किलो गाँजा सहित तीन जना पक्राउ

सर्लाहीको दुई स्थानबाट साढे २३ किलो गाँजा सहित तीन जना पक्राउ


रौतहट । सर्लाही प्रहरीले दुई छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित तीन जनालाइ पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिकाको बाँके खोलाको ड्याम क्षेत्रबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई भारतीय नागरिक  र बागमती नगरपालिकाबाट एक वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनिहरुको साथबाट साढे २३ किलो लागुऔषध गाँजा बारामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।

उनका अनुसार अस्थायी प्रहरी पोष्ट कालिञ्जोर घारीबथानले पाएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगंजको संयुक्त प्रहरी टोलीले इश्वरपुर नगरपालिका वडा नम्वर १२ बाट ७ किलो २१० ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

ज. १२ प. ९०९९ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा सहित भारत विहार सितामढी जिल्ला सोनवर्षा थाना पञ्चायत इनरवा सोहरवा १७ का ३० बर्षीय शम्भुकुमार कुशवाहा र पछाडी सवार सोही स्थानका २५ बर्षीय संजय ठाकुरलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । यसैगरी

वागमती नगरपालिका वडा नम्वर १२ बथाने टोलका ७६ बर्षीय मानबहादुर बलले आफ्नै घरमा गाँजा विक्री वितरण गर्दै आइरहेको खवर प्राप्त भएपछि प्रहरी टोली उनको घरमा खानतलासी गर्दा साढे १६ किलो गाँजासहित नियन्त्रणमा लिइएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ परेकालाइ हिरासतमा राखेर थप अनुसन्धान कार्य भईरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१, २० चैत्र बिहीबार  ११ : ०२ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४