२०८३, २४ भाद्र बिहीबार

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था सुखद नरहेको बताएका छन् ।
बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाबमा परेको भन्दै मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए । उनले भने, ‘पछिल्लो समय खासगरि कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाब परेको छ ।

मुलुकको आर्थिक स्थिती सुखद नरहेको अवस्था छ । केही समय यतादेखि हामी देशको आर्थिक अवस्थालाई सुधार तर्फ लिएर जाने र मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने काममा लागेका छौ र त्यो काम गर्न चाहान्छौ ।’ यसको साथै, उनले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको बताए । उनले भने, ‘अहिले नयाँ सरकार गठन गर्नको लागि नयाँ समिकरण बनायौं ।

नेपाली काङ्ग्रेस र नेकपा एमालेका बीचमा ७ बुदे सहमती भयो, नयाँ समिकरण भयो र त्यसको आधारमा अहिलेको सरकार बनेको छ जसले सात महिना सम्पन्न गरेको छ । यो सरकार बिग्रिदो आर्थिक अवस्थालाई सुधार गर्दै मुलुकलाई समृद्धि तर्फ लैजाने उद्देश्यका साथ यो सरकार बनेको हो । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको हो ।’

प्रकाशित मिति : २०८१, ८ फाल्गुन बिहीबार  ११ : ४३ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको