२०८२, २२ जेष्ठ बिहीबार

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु


काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा गोरखाका अर्जुनवावु ढकाललाई नियुक्त गरेको छ ।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुव्वा गुरुले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र के.सी.को राजीनामा स्वीकृत भएको पनि जानकारी दिए ।
यस्ता छन्,मन्त्रीपरिषद् बैठकका निर्णयहरु
१.सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५; उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ र एउटै प्रकृतिको कामका लागि स्थापना भएका अलग–अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्वन्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझावहरूको कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने।
२.नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनवावु ढकाल, गोरखालाई नियुक्त गर्ने।
३.नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्री रविन्द्र के.सी.को राजीनामा स्वीकृत गर्ने।
४.संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को ५८औं नियमित सत्रअन्तर्गत २०८१ फागुन १२ गतेदेखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने ज्ष्नज ीभखभ िक्भनmभलत मा सहभागी हुन माननीय परराष्ट्र मन्त्रीको भ्रमण स्वीकृत गर्ने।
.नेपाल सरकारका नाममा दर्ता रहेको सरकारी जग्गा प्रसूती गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका, रुपन्देहीलाई उपयोग गर्न स्वीकृत दिने।
६.नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा जिल्ला प्रहरी कार्यालय रुकुमकोट, रुकुमपूर्वलाई प्रयोग गर्न स्वीकृति दिने ।
.नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा बहुउद्देश्यीय पोलिटेक्निकल इन्टिच्यूट (व्यावसायिक प्रशिक्षण केन्द्र) को भवन निर्माण प्रयोजनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई प्रयोग गर्न स्वीकृति दिने।
८.नेपाल सरकार र ओमान सरकारबिच हुने पर्यटन क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने।
.नेपाल र संयुक्त राज्य अमेरिकाबिच हुने पुरातात्विक र समुदायको संस्कृतिसँग सम्बन्धित सामग्रीहरूको ओसारपसार तथा आयात प्रतिवन्धसम्बन्धी सम्झौता स्वीकृत गर्ने।
१०.जर्मनीको बर्लिनमा आयोजना हुने पर्यटन मेला क्ष्लतभचलबतष्यलब ित्यगचष्कm द्ययचकभ क्ष्त्द्य द्यभचष्लि २०२५ र फ्रान्समा आयोजना हुने ७५औं अन्नपूर्ण दिवसमा फागुन २० गतेदेखि २४ गतेसम्म सहभागी हुन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।
११.मानव वेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने ।
१२.औद्योगिक व्यवसाय (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।
१३.विक्रम सम्वत् २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।

प्रकाशित मिति : २०८१, ८ फाल्गुन बिहीबार  ११ : २४ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक