२०८३, १५ भाद्र मंगलबार

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 


काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । साँखु आउँदै गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाइ यातायात चावहिल स्थित एसएस एकेडेमीको रिजर्भ आएको बस बेर्क फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरि र शुसाङ्क डोटेल रहेका छन् भने दुई जनाकाे पहिचान नखुलेकाे प्रहरीले जनाएकाे छ । उनीहरुमध्ये चार जनाकाे शंखरापुर अस्पताल र अरु दुई जनाकाे नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक नविन चुदालिको कमाण्डमा १० जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको पिपुल्स लाइफ कियर अस्पताल, नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुको नामः

१) फिलिप लामा बर्ष १०

२) प्रजोल थापा बर्ष १०

३) भिम तामाङ बर्ष ११

४) राम पररियार बर्ष १६

५) सुजन मगर बर्ष १६

६) सिरिसा सिवेदि बर्ष १२

७) प्रकाश बम बर्ष १६

८) साधन बिष्ट बर्ष १२

९) आराध्या शाह बर्ष १०

१०) आशिस तामाङ बर्ष १५

११) स्नेहा राइ बर्ष २१

१२) गंगा ज्वति बर्ष ४२

१३) रन्जित थापा बर्ष १३

१४) सुहाना गुभाजु बर्ष १३

१५) श्रिसान्त पौडेल बर्ष १५

१६) कल्पना रेज्मि बर्ष ३२

१७) बिकल्प श्रेष्ठ बर्ष १०

१८) नाइस्का पाण्डे बर्ष २३

१९) सुविता तामाङ बर्ष १४

२०) निशान्त पौडेल बर्ष १४

२१) सोगात मगर बर्ष १४

२२) अबित खान बर्ष १०

२३) अंकित नेपाल बर्ष १५

२४) रिदम थापा बर्ष १५

२५) शक्सेस खड्का वर्ष १३

२६) गोमा थापा वर्ष ३७

२७) सनसाइन तामाङ वर्ष १०

२८) निशम राई वर्ष ९

२९) समिर तामाङ वर्ष १५

३०) सन्यम महर्जन वर्ष १९

३१) रितिका खत्री वर्ष १४

३२) जनिस दाहाल वर्ष १२

३३) अभिषेक मोक्तान वर्ष १५

३४) मिनु राई वर्ष १६

३५) रोहन अधिकारी वर्ष १३

३६) सुबिना तामाङ

३७) रोहन अधिकारी

३८) प्रबत दास वर्ष १६

३९) युनिसा थामी वर्ष १५

४०) सुशिला तामाङ

प्रकाशित मिति : २०८१, ३० माघ बुधबार  ९ : ०१ बजे

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धारसँगै पुनःस्थापनामा सरकार केन्द्रित : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी

‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र भोटेकोशीको बाढी

नेपालका हिमाली भेगमा वर्षेनी बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र

राहत कोषमा केल्मी नेपालको १५ लाख, ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

काठमाडौँ । विपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्दै आएको खेलकुद

हत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ आयोजनाका संरचना ध्वस्त भएको जानकारी 

काठमाडौं । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा

सर्वदलीय संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गर्ने निर्णय

काठमाडौं । मंगलबार बसेको सर्वदलीय बैठकले केन्द्रमा गठन गरिएको सर्वदलीय