२०८२, १७ असार मंगलबार

एमाले वाग्मतीका सदस्यलाई प्रशिक्षक बनाउन बन्द प्रशिक्षण

एमाले वाग्मतीका सदस्यलाई प्रशिक्षक बनाउन बन्द प्रशिक्षण


काठमाडौं: नेकपा एमालेले वाग्मती प्रदेश कमिटीले पार्टीका नीति र कार्यक्रमका बारेमा प्रशिक्षण दिने नेता तयार गर्न बन्द प्रशिक्षण सञ्चालन गरेको छ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीको आयोजनामा प्रशिक्षण राखिएको हो ।

नेकपा एमालेको उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा वाग्गमती प्रदेश इन्चार्ज डा.राजन भट्टराई, स्कुल विभाग सदस्य डा.रमेश भट्टराईले प्रशिक्षण दिनुभएको थियो । यो प्रशिक्षण २७ गतेसम्म चल्नेछ । पाँच दिने प्रशिक्षण कार्यक्रमको दोस्रो दिन पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, पार्टी अनुशासन आयोग अध्यक्ष केशव बडाल, स्कुल विभाग सदस्य सृजना काफ्ले, वाईपी आचार्यले प्रशिक्षण दिनुभएको नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।

ज्ञवालीले नेपालमा कम्युनिष्ट पार्टीको इतिहास, बडालले पार्टीमा अनुशासन, काफ्लेले व्यवस्थापन सिप र कला तथा आचार्यले विज्ञान प्रविधिको नवीनतम विकास र मुलुकको समृद्धि वा उपयोगका विषयमा प्रशिक्षण दिनुभएको लामाले बताउनुभयो ।

प्रकाशित मिति : २०८१, २३ माघ बुधबार  ८ : ५६ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर