२०८३, ३१ भाद्र बिहीबार

विभिन्न निर्णयगर्दै सकियो एमाले कमलामाईको बैठक

विभिन्न निर्णयगर्दै सकियो एमाले कमलामाईको बैठक


सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीको बैठक विभिन्न निर्णयगर्दै सकिएको छ । हिजो मंगलवार आजाद भवनमा भएको बैठकले तोकिएकै समयमा जनसंगठनहरुको अधिवेशन सम्पन्न गर्ने र पार्टी कमिटीलाई सक्रिय बनाउँदै आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउने निर्णय गरेको अध्यक्ष सुन्दर घिसिङले जानकारी दिए ।
उनका अनुसार एमालेका केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले कमलामाई नगरपालिकामा रहेका जनसंगठनहरुको अधिवेशन समयमैं सम्पन्न गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन, सदस्यता नविकरण र बिस्तार र पार्टीलाई बिधिसम्मत ढंगले सञ्चालनगर्दै कमिटीगत प्रणालीलाई बलियो बनाउने निर्णय गरेको बैठकपछि अध्यक्ष घिसिङले जानकारी दिए । उनले जनसंगठनको नेतृत्वलाई सर्वसम्मत रुपमा सक्षम नेतृत्व छनोट गर्न आग्रहसमेत गरेका छन् ।
बैठकमा वडा कमिटीका अध्यक्षहरुले पार्टी कमिटीको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नगर इन्चार्ज एवम् वागमती प्रदेश कमिटी सदस्य बिनोदकुमार खड्का, रश्मिला देवकोटा, मञ्जु देवकोटा, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङ, उपसचिव दिपेश बराल, पार्वती भट्टराई देवकोटालगायतले सम्वोधन गर्नुभएको थियो । नेताहरुको सम्वोधनले बैठकमा स्तब्ध बनाएको थियो ।
एमाले सिन्धुलीका ९ पालिका कमिटी मध्ये मरिण गाउँपालिका कमिटीपछि विधिवत रुपमा सांगठानिक गतिविधीगर्दै आएको कमलामाई नगरकमिटी मानिएको छ ।

प्रकाशित मिति : २०८१, १५ माघ मंगलबार  १० : ०७ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण