२०८३, २६ आश्विन मंगलबार

युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य सहयोग बन्द

युक्रेनलाई दिँदै आएको अमेरिकी सैन्य सहयोग बन्द


एजेन्सी: अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोग बन्द गर्ने भएको छ । ९० दिनसम्म सहयोग ठप्प बनाउने अमेरिकी निर्णय आएको अमेरिकी अखबार पोलिटिकोले उल्लेख गरेको छ । पोलिटिकोका अनुसार युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग यो बन्दमा पर्नेछ । अमेरिकी विदेशमन्त्री मार्को रुबिओको आदेशमा सहयोग बन्द भएपछि स्टेट डिपार्टमेन्टका अधिकारीहरु अचम्मित भएको बताइएको छ ।

आफूलाई शान्ति निर्माताको रुपमा चित्रित गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट युक्रेनलाई सहयोग दिन बन्द गर्ने निर्णय आएकै समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि रुस-युक्रेन मुद्दामा वार्ता गर्न तयार भएको सार्वजनिक गरेका छन् ।

ट्रम्पको आगमनसँगै अमेरिका र रुस सम्बन्धमा सुधार हुनेमात्रै होइन, बन्द भएको उच्चस्तरीय समन्वय र संवाद पनि सुरु भएको छ । बाइडेन र पुटिनको सम्बन्ध चिसिएको थियो । बाइडेनले पुटिनको सत्ता ढाल्ने बताएकामात्रै थिएनन्, उनलाई ‘हत्यारा’ तथा ‘बेस्याका छोरा’ भनेर सार्वजनिक रुपमै भनेका थिए ।

प्रकाशित मिति : २०८१, १२ माघ शनिबार  ३ : ५३ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल