२०८२, २२ मंसिर सोमबार

बैंकिङ् सिस्टममा अराजकत गतिविधिहरु भइरहेको छ : गभर्नर अधिकारी

बैंकिङ् सिस्टममा अराजकत गतिविधिहरु भइरहेको छ : गभर्नर अधिकारी


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ् सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरुसँग छलफल गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा उनले वर्तमान समयमा बैंकिङ् क्षेत्रमा आएको अराजकताले दिर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाएका छन् ।

उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उस्काउने अराजक गतिविधिहरुको असर पनि धेरै ठाँउमा छ । यस्ता चुनौतीहरु भए पनि बैंकका साथिहरु खट्नु भएको छ । हामीले पनि निरन्तर रुपमा सम्बन्धित निकायहरुमा बैंकिङ् सिस्टममा यो अराजकताको असर कति ठूलो छ । दिर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौं । र यस विषयमा सरोकारवालाहरुसँग छलफल भईरहेको छ । यस्ता विषयहरु सधैँ रहदैनन् । समाधान हुदैँ जान्छन् ।’ यसको साथै, पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरु व्यवस्थित हुदैँ गएको बताए ।

उनले भने, ‘समग्र रुपमा अर्थतन्त्रका आधारभूत कुराहरु एकदमै राम्रो देखिन्छन् । हामी बाह्य ए क्षेत्रमा सबल छौ । मुद्रास्फीति पनि धेरै तदसम्म बढेको छ । पछिल्लो महिना बाढि पहिरोको कारण असर परेको हो जसका कारण खाद्य र पिय पदार्थ तिरको मुद्रास्फीति बढेको छ । तर पनि औसतमा अहिले सम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ त्यो मुद्रास्फीति भएको अवस्था छ । बैंकमा तरलता एकदमै राम्रो छ, बैंकहरु व्यवस्थित छन् । बैंकहरु नाफा र रिकभर हुदैँछ ।’

उनले पछिल्लो २ महिनामा पुँजीगत निर्माणसँग सम्बन्धित सामानहरु आयात हुन थालेको भन्दै सकारात्मक पक्ष र क्षमता धेरै हुदाँ निरुत्साहित नहुन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८१, ७ माघ सोमबार  १ : २२ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला