२०८२, १४ श्रावण बुधबार

मुगुका चार वटै स्थानिय पालिकामा पाठेघर मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिँदै

मुगुका चार वटै स्थानिय पालिकामा पाठेघर मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिँदै


मुगु । पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म मुगुका चार वटै स्थानिय पालिकामा सञ्चालन गरिने भएको छ ।

अभियान जिल्लाका चारै स्थानीय तह रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका अध्यानरत छात्रा ३ हजार ८ सय ८५ जनालाई लक्षित गरी एचपिभी खोप सञ्चालन हुने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा ब्यवस्थापक तथा कार्यालय प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।

डाक्टर नगरकोटीका अनुसार  ‘गम्भीर प्रकृतिको एलर्जी, गर्भवती महिलाको लागि यो भ्याक्सिन दिन नमिल्ने केन्द्रबाट निर्देशिका जारी भएको छ र यही निर्देशिका बाहिर गएर खोप लगाउन नमिल्ने र कक्षा ६ देखि १० सम्मका छात्रा र बिद्यालय बाहिरका १० देखि १४ बर्षका बालिकाहरूलाई बिद्यालयमा रहेको खोप केन्द्रमा एचपिभी पाठेघर मुखको क्यान्सर विरूद्दको खोप लगाइने छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जिल्ला स्थित सबै सन्चारकर्मीहरू लगायत सरोकारवाला पक्षलाई यस अभियानमा सहकार्य गर्न र व्यापक प्रचार प्रसार गर्न आग्रह गरेका छन् । एचपीभी खोप अभियान २०८१ अन्तर्गत मुगुमा पहिलो पटक सञ्चालन गर्न लागिएको हो । अभियानले बालिकाहरूको स्वास्थ्य सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । खोप केन्द्रमा भिडभाड हुने अवस्थालाई मध्य नजर राख्दै अपागंता ,असायहरुलाई प्रथामिकता दिँदै गोपनियताको ख्याल राख्दै सञ्चालन गर्न र गराउनको लागी स्वास्थ्य कार्यालयलाई निर्देशन समेत गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुको यो अभियान सफल पार्नका लागि विद्यालय, अभिभावक र सरोकारवालाहरुलाई सक्रियताका साथ सहभागी हुन जिल्ला अस्पताल मुगुका अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले अपिल समेत गरे ।

प्रकाशित मिति : २०८१, ७ माघ सोमबार  ९ : १९ बजे

प्रधानमन्त्री ओलीको दाबी : ‘सरकार भ्रष्टाचारको होइन, नियन्त्रणको पर्याय हो’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारलाई प्रोत्साहन

रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर क्षेत्रमा सुनामीको खतरा

काठमाडौं । रुसको पूर्वी तटीय क्षेत्र कमचटका प्रायद्वीपमा आज बिहान

बागमती प्रदेशमा तीन मन्त्री नियुक्त, गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आन्तरिक राजनीतिक संकटको

बागमतीमा एमाले संसदीय दलको बैठक आज बस्दै, सत्ता समीकरणबारे छलफल हुने

हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार नेकपा एमाले बागमती

सफलता प्राप्तिका लागि पाथिभरामाताको दर्शन गर्नुहोस्: विश्वास, श्रद्धा र प्रेरणाको स्रोत

काठमाडौं । नेपालका शक्तिपीठहरूमध्ये अत्यन्तै श्रद्धा र आस्थाको केन्द्र बनेको