२०८२, ३ भाद्र बुधबार

अधिवक्ता त्रिपाठीमाथि आक्रमणविरुद्ध सर्वोच्च बारको प्रदर्शन

अधिवक्ता त्रिपाठीमाथि आक्रमणविरुद्ध सर्वोच्च बारको प्रदर्शन


काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आइतबार कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत बार एशोसिएशनको आव्हानमा बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।

उक्त प्रदर्शनमा पीडित अधिवक्ता त्रिपाठीले एउटा हुलले आएर आफूलाई दुव्र्यवहार गरेको  बताए । उनले व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा आफूमाथि आक्रमणक भएको बताए ।

उनले भने, ‘न्यायको प्रत्याभूति गर्न सक्नुपर्छ । आक्रमणकलाई गम्भिरतापूर्वक छानविन गरिनुपर्छ । वकिलहरुको प्रतिनिधित्वबिना न्याय प्रणाली कसरी फैसला गर्छ  ? यो  महत्वपूर्ण  कुरा हो । मलाई व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा म माथि आक्रमणक भएको छ । यसको  सत्यतथ्य छानविन गरिनुपर्छ । मलाई दुव्र्यवहार गरिएको छ ।’

प्रदर्शनमा उनीहरूले त्रिपाठीमाथिको आक्रमणको विरोध र कानून व्यवसायीको सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् । आन्दोलनमा वरिष्ठ अधिवक्ताहरू रमश श्रेष्ठ, शम्भु थापालगायतका बारका पदाधिकारी र सदस्य पुगेका थिए ।

प्रकाशित मिति : २०८१, ६ माघ आईतबार  ३ : २३ बजे

पाँचखालको केराघारीमा ट्रकको ठक्कर, मोटरसाइकल चालकको मृत्यु

पाँचखाल । पाँचखाल नगरपालिका अन्तर्गत केराघारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा

प्रधानमन्त्री आज प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संघीय संसद्

छ वटा उत्कृष्ट स्थानीय तहलाई संघीय सरकारद्वारा सम्मान गर्ने

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह

मासले युद्धविराम प्रस्ताव स्वीकार गर्‍यो, इसराइलको अडान कायमै

गजा । गजामा जारी युद्ध रोक्न अमेरिकी समर्थनमा गरिएको नयाँ

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन