२०८३, ३१ भाद्र बिहीबार

अधिवक्ता त्रिपाठीमाथि आक्रमणविरुद्ध सर्वोच्च बारको प्रदर्शन

अधिवक्ता त्रिपाठीमाथि आक्रमणविरुद्ध सर्वोच्च बारको प्रदर्शन


काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आइतबार कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । सर्वोच्च अदालत बार एशोसिएशनको आव्हानमा बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।

उक्त प्रदर्शनमा पीडित अधिवक्ता त्रिपाठीले एउटा हुलले आएर आफूलाई दुव्र्यवहार गरेको  बताए । उनले व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा आफूमाथि आक्रमणक भएको बताए ।

उनले भने, ‘न्यायको प्रत्याभूति गर्न सक्नुपर्छ । आक्रमणकलाई गम्भिरतापूर्वक छानविन गरिनुपर्छ । वकिलहरुको प्रतिनिधित्वबिना न्याय प्रणाली कसरी फैसला गर्छ  ? यो  महत्वपूर्ण  कुरा हो । मलाई व्यक्तिगत मामिलामा नभइ पीडितको प्रतिनिधित्व गर्दा म माथि आक्रमणक भएको छ । यसको  सत्यतथ्य छानविन गरिनुपर्छ । मलाई दुव्र्यवहार गरिएको छ ।’

प्रदर्शनमा उनीहरूले त्रिपाठीमाथिको आक्रमणको विरोध र कानून व्यवसायीको सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेका छन् । आन्दोलनमा वरिष्ठ अधिवक्ताहरू रमश श्रेष्ठ, शम्भु थापालगायतका बारका पदाधिकारी र सदस्य पुगेका थिए ।

प्रकाशित मिति : २०८१, ६ माघ आईतबार  ३ : २३ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण