२०८२, १७ मंसिर बुधबार

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 


पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१’ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ । 

पुस २८ देखि माघ १ गतेसम्म पोखरा क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा कास्की मोर्डनाइज्ड एकेडेमीले मदरल्यान्ड सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।  

फाइनल खेलमा मदरल्यान्डले दिएको ८७ रनको लक्ष्य कास्की मोर्डनाइज्डले ८.१ ओभरमै २ विकेट गुमाएर पूरा ग¥यो । कास्कीका सोहेल कुँवरले विस्फोटक ब्याटिङ गर्दै ३४ बलमा ६७ रन बनाए । उनले २ ओभरमा १६ रन दिएर २ विकेटसमेत लिएका थिए । जिरे मगरले १० रनको योगदान दिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मदरल्यान्ड सेकेन्डरी स्कुलले १० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनाएको थियो । मदरल्यान्डका लागि ग्रीश केसीले २० रन र सक्षम क्षेत्रीले १८ रन बनाए । कास्कीका बलर सोहेल कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा १६ रन दिएर २ विकेट लिए भने शुभम गिरिले १ विकेट लिए । गण्डकी छनोट प्रतियोगिताको ‘म्यान अफ द म्याच’ को उपाधि सोहेल कुँवरले जिते । 

प्रतियोगिताका अन्य उत्कृष्ट खेलाडीहरुमा गण्डकी छनोटको उत्कृष्ट बलर श्री बाराही सेकेन्डरी स्कुलका अनिश पटेल रहेका छन् । यस्तै, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीमा कास्की मोर्डनाइज्ड एकेडेमीका सोहेल कुँवर रहेका छन् । 

गण्डकी छनोटबाट विजयी कास्की मोर्डनाइज्ड एकेडेमीले अब राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछ । राष्ट्रिय फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ, जहाँ ७ प्रदेशका विजेता टिम र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।  

प्रकाशित मिति : २०८१, ४ माघ शुक्रबार  १० : ५९ बजे

मधेशका मुख्यमन्त्री यादव भोलि विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी