२०८३, २७ भाद्र आईतबार

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 


पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१’ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ । 

पुस २८ देखि माघ १ गतेसम्म पोखरा क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा कास्की मोर्डनाइज्ड एकेडेमीले मदरल्यान्ड सेकेन्डरी स्कुललाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।  

फाइनल खेलमा मदरल्यान्डले दिएको ८७ रनको लक्ष्य कास्की मोर्डनाइज्डले ८.१ ओभरमै २ विकेट गुमाएर पूरा ग¥यो । कास्कीका सोहेल कुँवरले विस्फोटक ब्याटिङ गर्दै ३४ बलमा ६७ रन बनाए । उनले २ ओभरमा १६ रन दिएर २ विकेटसमेत लिएका थिए । जिरे मगरले १० रनको योगदान दिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मदरल्यान्ड सेकेन्डरी स्कुलले १० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनाएको थियो । मदरल्यान्डका लागि ग्रीश केसीले २० रन र सक्षम क्षेत्रीले १८ रन बनाए । कास्कीका बलर सोहेल कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै २ ओभरमा १६ रन दिएर २ विकेट लिए भने शुभम गिरिले १ विकेट लिए । गण्डकी छनोट प्रतियोगिताको ‘म्यान अफ द म्याच’ को उपाधि सोहेल कुँवरले जिते । 

प्रतियोगिताका अन्य उत्कृष्ट खेलाडीहरुमा गण्डकी छनोटको उत्कृष्ट बलर श्री बाराही सेकेन्डरी स्कुलका अनिश पटेल रहेका छन् । यस्तै, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीमा कास्की मोर्डनाइज्ड एकेडेमीका सोहेल कुँवर रहेका छन् । 

गण्डकी छनोटबाट विजयी कास्की मोर्डनाइज्ड एकेडेमीले अब राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछ । राष्ट्रिय फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ, जहाँ ७ प्रदेशका विजेता टिम र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।  

प्रकाशित मिति : २०८१, ४ माघ शुक्रबार  १० : ५९ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।