२०८३, ११ कार्तिक बुधबार

पर्यटन व्यवसायी प्रेम घलेको निधन

पर्यटन व्यवसायी प्रेम घलेको निधन


काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा हेम्स अस्पतालमा निधन भएको हो ।

घले केही महिनादेखि ब्लड क्यान्सर लागेर अस्पताल भर्ना भएका थिए । घलेको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि उनको निवासमा राखिएको छ । उनको  दाहसंस्कार गुरुङ संस्कारअनुसार सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

घले सक्सेस ट्राभल्सका संचालक हुन । उनले ट्राभल्ससङ्गै अन्य व्यावसाय पनि संचालन गर्दै आएका थिए ।

नेपालमा गुणस्तरीय पर्यटक भित्राउनका लागि उनको महत्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायीहरुको भनाइ छ । घलेको निधनसङ्गै नेपालले एक सफल युवा पर्यटन व्यावसायी गुमाएको छ । उनको निधनमा विभिन्न ट्राभल्ससङ्ग सम्बन्धित संघ संस्था र पर्यटन व्यावसायीहरुले दुख व्यक्त गरेका छन ।

प्रकाशित मिति : २०८१, ४ माघ शुक्रबार  १० : २३ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल